close

सरकारले नै अनलाइन शिक्षाको व्यवस्था गर्ने

टेकपाना टेकपाना

जेठ २, २०७७ १७:१९

सरकारले नै अनलाइन शिक्षाको व्यवस्था गर्ने

काठमाडौं । सरकारले नै अनलाइन शिक्षाको व्यवस्था गर्ने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले अनलाइन शिक्षालाई प्राथमिकतामा राख्ने उल्लेख गरेकी हुन् ।

उनले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षाको व्यवस्था गरिने बताइन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसका लागि सबै सार्वजनिक माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सुविधा पुर्‍याइनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१