close

सबै सरकारी एपलाई एकीकृत गरिने

टेकपाना टेकपाना

जेठ २, २०७७ १८:४०

सबै सरकारी एपलाई एकीकृत गरिने

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार सरकारी कार्यालयमा प्रयोग भएका एपहरुलाई एकीकृत गरी सरकारी सेवालाई सहज र सरल बनाइने छ । एकीकृत एपमार्फतर सरकारी कामको अनुगमन, गुनासो र सुनवाईलाई समेत सम्बोधन गरिने बताइएको छ ।

त्यस्तै दुई वर्षभित्र सबै सरकारी कार्यालयलाई नगद रहीत बनाउने योजना समेत सरकारले बनाएको छ । सरकारी कार्यालयमा गरिने सबै किसिमको भुक्तानी तथा राजश्व संकलनलाई अनलाइनमा लगिने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१