close

सस्तो आईफोनपछि अब सस्तो आईप्याड ल्याउँदै एप्पल

टेकपाना टेकपाना

जेठ ३, २०७७ १५:०

सस्तो आईफोनपछि अब सस्तो आईप्याड ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले ए १२ चिपमा आधारित आठौं पुस्ताको आईप्याड ल्याउने तयारी गरेको छ । सन् २०१९ को सेप्टेम्बरमा सातौं जेनरेशनको आईप्याड सार्वजनिक गरेको कम्पनीले यस वर्षको मध्यतिर नयाँ आईप्याड सार्वजनिक गर्ने विषय बाहिरिएको छ ।

कम्पनीले आफ्नो सातौं पुस्ताको आईप्याडमा त्यसअघिको सस्तो मूल्यको आईप्याड सिक्स जेनरेशनको तुलानमा धेरै नै परिवर्तन ल्याएको थियो । जसमा १०.२ इञ्चको डिस्प्लेका साथै ए १० मिश्रित चिप प्रयोग गरिएको थियो ।

बिहीबार एप्पलले हाल १०.८ र ८.५ तथा ९ इञ्चका दुई वटा आईप्याडमा काम भइरहेको बताएको छ । जसमध्ये एउटा सन् २०२० को मध्यतिर र अर्को सन् २०२१ को सुरुमा सार्वजनिक हुने उल्लेख गरिएको छ ।

यी दुई मोडेलका आईप्याडले आईफोन एसईको उत्पादन रणनीतिलाई अंगाल्ने जनाइएको छ । अर्थात यो आईप्याड सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ । यसअघि गएका दुई महिना अघिमात्रै एप्पलले आफ्नो सबैभन्दा सस्तो फोन आईफोन एसई सार्वजनिक गरेको थियो ।

जसलाई धेरैनै रुचाइएको छ । त्यसैले पनि कम्पनीले उक्त फोनको प्रडक्ट स्ट्राटेजी आईप्याडमा पनि प्रयोग गर्न खोजेको हुनसक्ने अनुमान गर्न सकिन्छ । नयाँ आउने सस्तो आईप्याडको मूल्यको विषयमा भने अहिले नै स्पष्ट जानकारी बाहिर आइसकेको छैन ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३