close

ह्वावेमाथीको प्रतिबन्धमा थप कडाई, अमेरिकी प्रविधिमा तयार चिप समेत प्रयोग गर्न नपाउने

टेकपाना टेकपाना

जेठ ३, २०७७ १९:२६

ह्वावेमाथीको प्रतिबन्धमा थप कडाई, अमेरिकी प्रविधिमा तयार चिप समेत प्रयोग गर्न नपाउने

काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनी ह्वावेमाथि अर्को प्रतिबन्ध लगाएको छ । गत हप्तामात्रै यस अघिदेखी लगाउँदै आएको प्रतिबन्धलाई एक वर्ष थप गरेको अमेरिकाले ह्वोलाई चिप खरीद गर्न समेत रोक लगाएको हो ।

यो निर्णयसँगै अब ह्वावेको मोबाइल उत्पादन तथा मोबाइल नेटवर्क विस्तार दुबैमा असर पर्ने अनुमान गरिएको छ । यसअघि फाइभजी विस्तार, गूगलका विभिन्न सर्भिस प्रयोग लगायतमा प्रतिबन्धको सामना गरिरहेको ह्वावे माथि अमेरिकाले त्यसलाई थप कडा प्रतिबन्ध लगाएको हो ।

गूगल सर्भिस लगायतमा प्रतिबन्ध लगाउँदा समेत आफ्नो व्यापारमा कुनै असर पर्न नदिएको ह्वावेलाई अब भने ठूलै असर पर्नसक्ने आँकलन गरिएको छ । अमेरिकाको नयाँ नियम अनुसार अमेरिकाको प्रविधि प्रयोग गरी सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनीले ह्वावेलाई सामान बिक्री गर्नुपूर्व अनुमती लिनु पर्नेछ ।

यसको अर्थ अन्य देशका कम्पनीले पनि यदि अमेरिकी प्रविधि प्रयोग गरि सेमिकन्डक्टर निर्माण गरेका छन् भने पनि ह्वावेलाई सामान बिक्री गर्नु अघि अमेरिकासँग अनुमति लिनु पर्नेछ । यदि यस्तै भएको खण्डमा ह्वावेलाई ठूलो झड्का लाग्ने निश्चित छ ।

किन भने विश्वभर धेरै जसो चिप निर्माता कम्पनीले अमेरिकोकै प्रविधि प्रयोग गरिरहेका छन् । त्यसैले पनि यो नयाँ निमय लागु भएसँगै अमेरिका र चीनबीच रहेको व्यापार युद्ध अझ चर्किने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३