२०७९, २ भाद्र बिहिबार   |  
Thursday 18th August 2022

अफ्रिकामा इन्टरनेट पहुँच बढाउन १ खर्ब २० अर्ब लगानी गर्दै फेसबुक

एजेन्सी । फेसबुकले अफ्रिकामा इन्टरने पहुँचलाई विस्तार गर्न समुद्र केवलमा १ बिलियन अर्थात एक खर्ब २० अर्बको रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । इन्टरने विस्तार र फेसबुकमा अझ धेरै प्रयोगकर्ता जोड्ने योजनाका साथ कम्पनीले यो परियोजनाको लागि लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

फेसबुकले आफ्नो विश्वसँग जोडिने योजना अन्तर्गत यो परियोजना अघि बढाएको हो । हालसम्म पनि विश्वका ३.५ बिलियन मानिस इन्टरनेटके पहुँचभन्दा बाहिर रहेका छन् । ‘त्यसमध्य पनि अफ्रिका सबैभन्दा कम इन्टरनेट पहुँच भएको प्रसान्त हो,’ फेसबुकले जारिगरेको स्टेटमेन्टमा उल्लेख गरिएको छ, ‘यस क्षेत्रमा इन्टरनेट विस्तारको लागि अफ्रिकाको सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ । यस योजना अन्तर्गत विश्वकै उच्च क्षमता र लामो सब सी केबल निमार्ण हुनेछ । जसले अफ्रिकाका २३ वटा देशलाई जोड्न मद्धत गर्नेछ ।’

फेसबुकका अनुसार उक्त सी केबल ३७ हजार किलोमीटर लामो हुनेछ । जुन हाल अफ्रिकामा उपलब्ध सब सी केबलको तुलानमा तीन गुणा बढी क्षमता वान हुनेछ । फेसबुकले यो परियोजनाको लागत यति नै हो भनी नभनेको भएता पनि ब्लुमबर्गले भने यसको लागत एक बिलियन डलर रहेको जनाएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team