close

‘डिजिटल सम्वाद’मा साइबर आक्रमण, जूम बम्बिङ गर्दै अश्लील सामग्री

टेकपाना टेकपाना

जेठ ३, २०७७ १४:८

‘डिजिटल सम्वाद’मा साइबर आक्रमण, जूम बम्बिङ गर्दै अश्लील सामग्री

काठमाडौं । प्रवुद्ध व्यक्तिहरु सहभागी रहेको डिजिटल सम्वादको भिडियो कन्फ्रेन्समा जूम बम्बिङ भएको छ । डिजिटल प्रविधि सम्बन्धी विभिन्न शिर्षकमा हरेक साता अनलाइन अन्तरक्रिया गराउँदै आएको सम्वादको शनिबारको कार्यक्रममा साइबर आक्रमणको घटना भएको हो ।

अनलाइन मिटिङ चलिरहँदा दिउँसो करीब पौने २ बजे विभिन्न अपरिचित व्यक्तिहरुले अनलाइन मिटिङमा हल्ला गर्ने, अश्लील भिडियो शेयर गर्ने, र स्क्रीन कब्जामा लिने लगायतको अवरोध सिर्जना गर्ने काम गरेका थिए ।

केही समयको अवरोध पछि भिडियो कन्फ्रेन्स नियमित रुपमा सुचारु भएको थियो । जूममा हुने यस किसिमका गतिविधिलाई पछिल्लो समय जूम बम्बिङको नामले चिन्ने गरिएको छ ।

डिजिटल भुक्तानीको विषयमा भइरहेको शनिबारको छलफलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाल, आईएमई ग्रुपका निर्देशक हेमराज ढकाल, राष्ट्रिय वाणीज्य बैंकका उप कार्यकारी निर्देशक कबिराज अधिकारी, एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, नेपाल क्लियरिङ हाउसका निलेशमान सिंह प्रधान, प्रभु बैंककी आईटी प्रमुख रत्नतारा वैद्य र पूर्वमन्त्री गणेश शाह प्रस्तोताको रुपमा निम्त्याइएका थिए । उक्त कार्यक्रममा करीब दुई सय जना सहभागी रहेका थिए ।

जूम बम्बिङको यो घटनामा जूमको कमजोरीभन्दा आयोजकले सामाजिक सञ्जालमा सार्वजनिक रुपमा मिटिङ आईडी शेयर गर्नुलाई मूख्य कारणको रुपमा हेरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३