close

सामसङ ग्यालेक्सी ए फिफ्टी वान बन्यो सबैभन्दा लोकप्रिय स्मार्टफोन

टेकपाना टेकपाना

जेठ ४, २०७७ १५:३६

सामसङ ग्यालेक्सी ए फिफ्टी वान बन्यो सबैभन्दा लोकप्रिय स्मार्टफोन

काठमाडौ । सन् २०२० को पहिलो त्रैमासिकमा सामसङ ‘ग्यालेक्सी ए फिफ्टी वान’ सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ । स्ट्राटेजिक एनालिटिक्सले जारी गरेको प्रतिवेदन अनुसार सन् २०२० को पहिलो तीन महिनामा सामसङ ग्यालेक्सी ए फिफ्टी वान स्मार्टफोन सबैभन्दा बढी बिक्री भएको भएको हो ।

प्रतिवेदन अनुसार उक्त अवधिमा ग्यालेक्सी ए फिफ्टी वान फोन ६० लाख युनिट शिपमेन्ट भएको छ । यस अवधिमा यो स्मार्टफोनको कूल बजार हिस्सा २.३ रहेको छ । विशेषगरी यो स्मार्टफोन युरोप र एसियामा बढी चर्चामा रहेको छ ।

उक्त सूचीको दोस्रो नम्बरमा साओमी एट रहेको छ । प्रतिवेदनअनुसार साओमी एटको मार्केट शेयर १.९ प्रतिशत रहेको छ । जुन चीन र भारतमा सबैभन्दा बढी बिक्री भएको छ ।

सूचीमा उत्कृष्ट ६ मध्ये चार वटा फोन सामसङका छन् भने दुई वटा साओमीका स्मार्टफोन रहेका छन् । यो सूचीको तेस्रो नम्बरमा सामसङ ग्यालैक्सी एस ट्वान्टी प्लस रहेको छ ।

जसको बजार हिस्सा १.७ प्रतिशत रहेको उल्लेख छ । चौथो नम्बरमा सामसङ ग्यालेक्सी ए टेन एस र पाँचौं नम्बरमा साओमी रेड्मी नोट एट रहेको छ ।

यी दुवैको मार्केट शेयर समान १.६ प्रतिशत छ । छैटौं नम्बरमा भने सामसङ ग्यालेक्सी ए ट्वान्टी एस रहेको छ । ए ट्वान्टी एसको बजार हिस्सा १.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३