close

बालबालिकासँगै खेल्न उत्कृष्ट १५ भिडियो गेम

टेकपाना टेकपाना

जेठ ४, २०७७ १८:४०

बालबालिकासँगै खेल्न उत्कृष्ट १५ भिडियो गेम

काठमाडौं । लकडाउनको समयमा कम्प्युटर तथा स्मार्टफोन नै एउटा यस्तो माध्यम बनेको छ, जहाँ तपाईंले आफ्नो खाली समय व्यतित गर्न सक्नुहुन्छ । तर तपाईंसँगै तपाईंका बालबालिकाको पनि डिजिटल डिस्प्लेमा व्यतित गर्ने समय अनियन्त्रित रुपमा बढेर गइरहेको छ । 

यदि बच्चाको भिडियो गेम खेल्ने समयलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने उनीहरुसँगसँगै भिडियो गेममा समय बिताउनुहोस् । 

यो समय तपाईंले आफ्ना बालबालिकाहरुसँग भिडियो गेमहरु खेल्न सक्नुहुन्छ । हामी तपाईंलाई केही भिडियो गेमका विकल्पहरु दिदैँछाैं, जसबाट तपाईं आफ्ना बालबालिका र परिवारका अन्य सदस्यसँग रमाइलो गर्न सक्नुहुन्छ ।

१. अनटाइटल गूज गेम

कतिपयले अनटाइटल गुज गेमलाई खराब उदाहरण दिएको रुपमा चर्चा गरिरहेको देखिन्छ । तर यो साँचो होइन । याे गेमले बच्चाहरुलाई चकचके स्वभावको बनाउँछ ।

तर यो हानीकारक छैन । यसमा बच्चासँग तपाईंले पनि समय बिताउन सक्नुहुन्छ । यो एकदमै आनन्ददायी किसिमको गेम हो । 

२. निनटेण्डो लाबो 

निनटेण्डो लाबो महंगो र निराशाजनक खेल हो । यदि तपाईंको घरमा साना बालबालिका छन् भने उनीहरुले यो गेम ध्वस्त बनाउन सक्छन् ।

तर तपाईंका बालबालिका जिज्ञासु किसिमका छन्, धैर्यवान् अनि कलाकीर्ति मन पराउने किसिमका छन् भने लाबो गेम उपयुक्त हुनसक्छ । यसले बच्चालाई सृजनशिल हुन सिकाउँछ र तपाई पनि बच्चासँगै यो गेममा सहभागी हुनसक्नुहुन्छ ।

३. स्प्लाटून टू

धेरै बाबुआमा आफ्ना बालबालिकालाई अनलाइन शूटर गेमबाट अलग गर्न चाहन्छन् । तर स्प्लाटून टू एउटै मात्र यस्तो अपवादपूर्ण गेम हो, जसले एउटा अत्याधुनिक र कूल किसिमको रमाइलोपन दिन्छ । 

अन्य शूटर्स गेमको तुलनामा यो अनलाइन गेम सुरक्षित पनि छ । यदि तपाईं शूटर गेममा पनि बच्चालाई बालमैत्री वातावरण दिन चाहनुहुन्छ भने यो गेम खेलाउन सक्नुहुन्छ ।

४. सुपर मारियो थ्रीडी वर्ल्ड 

सुपर मारियो थ्रीडी वर्ल्ड गेम अहिलेसम्मकै उत्कृष्ट बालमैत्री गेम हो । यो गेमका सबै चरणहरु खुला र बालमैत्री छन् । यो गेममा साधारण कन्ट्रोल टेक्निकहरु प्रयोग हुन्छन् ।

यसले बालबालिकाको चर्तुराई पर्याप्त रुपमा विकास गर्नसक्छ । यो एउटा मल्टिप्लेयर अर्थात धेरै जनाले एकसाथ खेल्न सकिने गेम हो । 

यदि तपाईं परिवारजनसँग बसेर खेल्ने किसिमको गेमको खोजीमा हुनुहुन्छ भने यो गेम तपाईंका लागि उपयुक्त छ । यदि तपाईंसँग डब्लूआईआईयू  छ भने यो झन् राम्रो कुरा हो । 

४. ओभर कुक्ड

एउटै स्क्रीनमा खेलिने ओभरकुक्ड एउटा मल्टिप्लेयर अर्थात धेरै जना सहभागी भएर खेल्न सकिने गेम हो । हल्ला गर्दै, जित्दै, हार्दै, पारिवारिक वातावरणमा यो गेम खेल्न निकै रमाइलो हुन्छ ।

५. रेम्यान लिजेण्ड 

 रेम्यान लिजेण्ड गेम एकदमै रमाइलो किसिमको मल्टिप्लेयर गेम हो । राम्ररी पिच गरिएको यो गेममा अप्ठ्यारा कर्भहरु पनि छन् । तपाईंले पनि यो गेम आफ्ना बालबालिकासँग खेल्न सक्नुहुन्छ ।

अप्ठ्यारो लेभलमा उनीहरुका लागि सहयोग बन्न पनि सक्नुहुन्छ । जसले उनीहरुलाई अझ उत्सुक तथा जिज्ञासु समेत बनाउन मद्दत पुर्‍याउँछ । 

६. द लिजेण्ड अफ जेल्दा: ब्रेथ अफ वाइल्ड 

ब्रेथ अफ वाइल्ड एकदमै जादूमयी गेम हो । सामान्यतया एक्सन आरपीजीएस गेमहरु बच्चाका लागि सही मानिँदैनन् । तर यो गेम सबै उमेर समूहका लागि उत्तिकै रमाइलो छ । कम्ब्याट गर्ने र एक्प्लोर गर्ने यसको खास प्रबन्ध सबैका लागि उपयुक्त छ ।

७. माइनक्राफ्ट 

माइनक्राफ्ट सबै गेमहरुको हजुरबुबा हो भन्दा फरक नपर्ला । नयाँ पुस्ताका लागि यो गेम निकै उपयोगी छ । 

माइनक्राफ्ट गेम बालबालिकाहरुका लागि एकदमै राम्रो छ । विद्यालयमा यसलाई सृजनशिलता र पाठ्यक्रममा समस्याहरु हल गर्न पनि प्रयोग गर्न सकिन्छ । तर यदि तपाईं डिजिटल डिस्प्लेमा आफ्नो समयलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने यो गेम खेलिरहँदा अलि अप्ठ्यारो हुन सक्छ ।

८. टावर फल

टावरफल एउटै स्क्रीनमा धेरै जना मिलेर खेलिने मल्टिप्लेयर गेम हो । यो हेर्दा साधारण छ । तर यसमा ज्ञानको गहिराई प्राप्त गर्न सकिन्छ । परिवारजनसँग एकैठाउँमा बसेर तपाईंले यो गेम खेल्न सक्नुहुन्छ ।

९. क्याप्टेन टोड: ट्रेजर ट्रयाकर 

क्याप्टेन टोड एउटा पजल गेम हो । तपाईं अभिभावक हुनुहुन्छ भने यो गेम कस्तो हो भनेर तपाईंलाई राम्ररी थाहा हुनुपर्छ ।

बालबालिकाले हरघडी तपाईंलाई आग्रह गरिरहनेछन्, ‘ड्याड म अड्किएँ, मलाई सहयोग गरिदिनुहोस् न ।’ यो गेममा तपाईंले आफ्ना बालबालिका सँगसँगै गेमका तिकडमहरु सिकाउँदै समस्या समाधानमा सहयोग गर्दै खेल्न सक्नुहुन्छ । 

१०. मारियो प्लस र्‍याबिडस किंगडम ब्याटल 

मारियो प्लस र्‍याबिडस एउटा रियल टाइम स्ट्राटेजी गेम हो । यो गेम पाँच वर्ष मूनीका बालबालिकाहरुका लागि पनि उपयुक्त हुन्छ । 

यो गेम रमाइलो छ । यसभित्रका पात्रहरु पनि बिस्तारै बच्चाहरुसँग परिचित हुँदै जान्छन् । विस्तारै यो गेमको लेभल जटिल हुँदै जादाँ बालबालिकाहरु यसमा थप भिज्न र रमाउन सक्छन् ।

११. रकेट लिग 

रकेट गेममा धेरै लेभलहरु हुन्छन् । यो पनि एउटै स्क्रीनमा धेरैजनाले खेल्ने मल्टिप्लेयर गेम हो । तपाईंले यो गेम आफ्ना बालबालिका तथा परिवारका अन्य सदस्यसँग संयुक्त रुपमा खेल्न सक्नुहुन्छ । रकेट लिगमा बोट हुन्छ ।

यदि तपाईंले सहभागी हुन सक्नुहुन्न भने पनि बच्चाले तपाईंलाई विपक्षी बनाएर यो गेम खेल्न सक्छन् । यो गेममा कारले फूटबल खेल्छ । यसमा भएका भेनडायग्रामले बालबालिकाहरुको कल्पनाशिलता बढाउन मद्दत गर्छन् । 

यो गेमको सेटअप पनि आफैमा जटिल हुन्छ । यदि तपाईंका बालबालिकाले गेम खेल्न जानेनन् भने तपाईंले सिकाउनु सक्नुहुन्छ ।

१२. मारियो कार्ट एट

मारियो कार्ट एट गेम बच्चाहरुका लागि निकै राम्रो गेम हो । यसमा प्रयोगकर्तामैत्री कन्ट्रोल अप्सन र इन्भेन्टिभ ट्रयाक डिजाइन पनि रहेको छ । मारियो कार्ट एट डिलक्स यो गेमको नयाँ भर्सन हो । यो भर्सन भर्खरै रिलिज भएको छ ।

 १३. पोर्टल टू

पोर्टल टू अहिलेसम्म बनेका मध्येकै एउटा अत्यन्तै राम्रो गेम हो । यो गेम पनि धेरैजनाले एकसाथ खेल्न मिल्ने मल्टिप्लेयर गेम हो । यो गेम पनि पजल गेम नै हो । यसले बालबालिकाहरुको वौद्धिक क्षमताको परीक्षण गर्छ ।

१४. स्निपर क्लिप्स

यो गेम पनि एक किसिमको एउटै स्कीनमा धेरैजना मिलेर खेलिने मल्टिप्लेयर गेम हो । चिच्याउँदै, एकअर्कालाई सिकाउँदै, हाँस्दै र हाइफाइभ गर्दै यो गेम खेल्दा बच्चाले मनोरञ्जनसँगै पारिवारिक वातावरण पनि पाउन सक्छन् ।

१५. स्पेलंकी

यो गेममा थोरै चित्रात्मक हिंसा जन्य दृश्यहरु देख्न सकिन्छ । तर यो गेम त्यति हानिकारक भने छैन । यो गेम तपाईंले आफ्ना बालबालिकासँग खेल्न सक्नुहुन्छ । यो गेममा तपाईं फेल भए पनि नयाँ गेम पुन सुरु गर्नसक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३