close

महिला वन प्राविधिक सञ्जालको वेबनारमा जूम बम्बिङ गर्दै अश्लील सामाग्री

टेकपाना टेकपाना

जेठ ५, २०७७ १७:४५

महिला वन प्राविधिक सञ्जालको वेबनारमा जूम बम्बिङ गर्दै अश्लील सामाग्री

काठमाडौं । जूम मिटिङमा आक्रमणका घटना नेपालमा पछिल्लो समय बढ्दो छ । वेबनारमा अनधिकृत रुपमा प्रवेश गर्दै अश्लील सामग्री प्रस्तुत गर्ने प्रवृत्ति मौलाउँदो छ ।

गत शनिबार वन क्षेत्रका महिलाको सशक्तीकरणका लागि महिला वन प्राविधिक सञ्जालले आयोजना गरेको जूम वेबनारमा पनि यस्तै घटना भएको छ । ‘वन क्षेत्रमा लैगिंक तथा सामाजिक समावेशीकरणः परिवेश, चुनौती र अवसर’ विषयमा आयोजित उक्त वेबनारमा अपरिचित व्यक्तिले अश्लील भिडियो सेयर गरेका छन् । साथै उनीहरुले महिलालाई केन्द्रीत गरी नेपाली भाषामा अश्लील शब्द प्रयोग गरेर गाली पनि गरेका छन् ।

जूममा हुने यस किसिमका गतिविधिलाई पछिल्लो समय जूम बम्बिङको नामले चिन्ने गरिएको छ । यसअघि गर्ल्स ईन टेक नेपालले जेनेस क्लाउड एकेडेमीसँगको सहकार्यमा आयोजना गर्दै आएको वेबनार र ‘डिजिटल संवाद’ नामक वेबनारमा पनि यस्तै घटना भएको थियो ।

यस्ता किसिमका क्रियाकलापमा कलेजका विद्यार्थीको सहभागीता हुने गर्ल्स ईन टेक नेपालले गरेको अध्ययनले देखाएको थियो । यस्ता गतिविधि नदोहोर्‍याउने वाचा गर्दै लिखित रुपमै उनीहरुले माफी पनि मागेको भनिएको भएता पनि जुम बम्बिङका घटना भने अझै रोकिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३