close

सिक्सजीमा चाइना युनिकम र जेडटीईबीच सहकार्य, कस्तो होला यो प्रविधि ?

टेकपाना टेकपाना

जेठ ६, २०७७ ११:५

सिक्सजीमा चाइना युनिकम र जेडटीईबीच सहकार्य, कस्तो होला यो प्रविधि ?

काठमाडौं । अमेरिकाले थप एक वर्षका लागि ह्वावेमाथि प्रतिबन्ध लम्ब्याएको छ । फाइभजी लगायतको प्रविधिमा लगाइएको प्रतिबन्धले अमेरिका र चीनबीच प्रविधिको शीत युद्ध चलिरहेको स्पस्ट देखिन्छ ।

प्रविधिमा कोल्ड वार अर्थात शीत युद्ध चलिरहेको भएता पनि चीइनाले विश्वमा फाइभजीको नेतृत्व गरिरहेकै छ । यसैबीच चीनले अब सिक्सजीमा पनि आफूलाई अग्रपङ्क्तिमा राख्ने तयारी गरेको छ ।

चीनका दुई ठूला टेलिकम कम्पनी चाइना युनिकम र जेडटीईले सिक्स जीको लागि सहकार्य गरेका छन् । उनीहरुले सिक्सजी प्रविधिको विकास गर्न सँगसँगै काम गर्ने भएका हुन् ।

एक अर्कासँग भएको प्रविधि र अनुभवलाई मिलाएर सिक्सजीमा काम गर्न उनीहरु तयार भएका छन् । उनीहरुको लक्ष सिक्स जीमा अधिपत्य जमाउनु रहेको छ ।

हालसम्म सिक्सजी कस्तो हुन्छ भन्ने कुनै एकिन छैन । पक्कै पनि फाइभजीको तुलानमा यसमा इन्टरनेटको स्पीड अझै उच्च गतिको हुनेछ भने फाइजीमा भएका प्रविधिभन्दा अझ परिस्कृत हुनेछ ।

यसले मानिस र मेसिनबीच रहेको दूरीलाई अझ कम गर्नेछ भन्ने कुरामा कुनै दुविधा छैन । हालसालै भएको अध्ययनले सिक्सजी २०३० भन्दा अघि सिक्सजी कार्यानव्यनमा आउने भने देखिँदैन ।

तर, अहिले देखिको अध्ययनले त्यसलाई मद्दत भने पक्कै पुग्नेछ । यसरी सिक्सजीमा काम गर्नेमा चीन मात्रै एक्लो देश भने होइन । जापान, कोरिया र फिनल्याण्ड लगायतका देशले समेत यसको अध्ययन सुरु गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३