close

क्रिप्टोकरेन्सी उत्खनन्‌का लागि ह्याक भए युरोपका दर्जनौं सुपर कम्प्यूटर

टेकपाना टेकपाना

जेठ ६, २०७७ १४:३२

क्रिप्टोकरेन्सी उत्खनन्‌का लागि ह्याक भए युरोपका दर्जनौं सुपर कम्प्यूटर

काठमाडौं । क्रिप्टोकरेन्सी उत्खनन्‌का लागि युरोपका दर्जोनौं सुपर कम्प्युटर ह्याक गरिएका छन् । जसका कारण ती सुपर कम्प्युटरको अध्ययन समेत बन्द भएको छ ।

ती सुपर कम्प्युटर विभिन्न मालवेयरमार्फत प्रभावित पारिएको जनाइएको छ । मे ११ बाट सुरु भएको यस्तो कार्यका लागि पहिलो पटक युनिभर्सिटी अफ एडन वर्गको आर्चरमा रहेको एक सुपर कम्प्युटरमा हमला भएको थियो ।

संस्थाले आर्चरको लग ईन नोडमा सुरक्षा कमजोरी देखिएको भन्दै सिस्टम नै बन्द गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग प्रणाली पुनःस्थापनाका लागि काम भइरहेको जनाइएको छ । त्यस्तै मे ११ मा नै जर्मनको बीडब्लूएचपीसीको अनुसन्धान परियोजनाहरुको लागि प्रयोग हुँदै आएका पाँच सुपर कम्प्युटरमा आक्रमण भएको थियो ।

त्यहाँका कम्प्युटर पनि हाल बन्द भएका छन् । उक्त घटना हाल बेलायत, स्वीटजरल्याण्ड र स्पेनको बार्सिलोनामा पनि भएको उल्लेख छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३