close

डिज्नेका केभिन मेयर बने टिकटकको सीईओ

टेकपाना टेकपाना

जेठ ६, २०७७ १२:५०

डिज्नेका केभिन मेयर बने टिकटकको सीईओ

काठमाडौं । द वाल्ट डिज्ने कम्पनीका डाइरेक्ट टु कञ्जुमर तथा अन्तराष्ट्रिय व्यापार विभागका प्रुमख केभिन मेयर चर्चित भिडियो शेयरिङ एप टिकटकको सीईओमा नियुक्त भएका छन् । साथै उनलाई टिकटकको प्यारेन्ट कम्पनी बाइट ड्यान्सको सीओओको जिम्मेवारी समेत दिइएको छ ।

कम्पनीका संस्थापक ज्याङ यिमिङ भने बाइटड्यान्स कम्पनीका सीईओको रुपमा काम गर्नेछन् । त्यस्तै टिकटकका निर्देशक एलेक्स जुलाई बाइटड्यान्सको उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।

टिकटकको सीईओको रुपमा नियुक्त भएसँगै मेयरले बाइट ड्यान्स जस्तो कम्पनीसँग आवद्ध हुन पाउनु आफ्नो लागि एउटा राम्रो अवसर भएको बताएका छन् । मेयरले आफ्नो वक्तव्यमा भनेका छन्, ‘सबै जस्तै म पनि टिकटकले ल्याएको नयाँ क्रेजबाट सधैं लोभिदै आएको थिएँ । अब त्यही कम्पनीलाई अर्को चरणमा लैजाने अवसर पाएको छु । त्यस त्यो अवसरलाई म आफ्नोतर्फबाट निर्वाह गर्नेछु ।’

टिकटकको यस निर्णयलाई युरोपियन बजार लक्षित मानिएको छ । कम्पनीले आफ्नो छवीलाई परिवर्तन गर्नका लागि नयाँ सीईओ नियुक्त गरेको हुन सक्ने आँकलन समेत गरिएको छ ।

किनभने अ‍मेरिका लगायतका देशमा टिकटकले सुरक्षा मापदण्ड उलंघन गरिरहेको प्रश्न उठ्ने गरेको छ । यस्तोमा अमेरिकन कम्पनीका प्रमुखलाई कम्पनीको सीईओको रुपमा नियुक्त गर्दा सेक्युरिटीको विषयमा प्रश्न नउठ्ने अपेक्षा कम्पनीले राखेको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३