close

फेसबुकलाई कारबाही गर्ने युरोपियन यूनियनको चेतावनी

टेकपाना टेकपाना

जेठ ७, २०७७ १६:४०

फेसबुकलाई कारबाही गर्ने युरोपियन यूनियनको चेतावनी

काठमाडौं । युरोपले आफ्नो नियम कानूनभित्र रहेर काम गर्न फेसबुकलाई निर्देशन दिएको छ । कानुन पालना नगरे कारबाही गर्ने चेतावनी युरोपियन युनियनले दिएको हो ।

फेसबुकका मालिक मार्ग जुकरवर्गसँगको संवादको क्रममा युरोपियन युनियनका आयुक्त थेरी ब्रेटनले यस्तो चेतावनी दिएको छ । युरोपले केही अघि प्रयोगकर्ताको तथ्यांक सुरक्षाको लागि जेनेरल डाटा प्रोजेक्सन रुप (जीडीपीआर) कार्यान्वयन गरेको छ ।

ब्रेटनले फेसबुकजस्ता सामाजिक सञ्जाल र प्रविधि कम्पनीले यूरोपमा लगानी गर्दा त्यहाँको कानुन पालना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

उनले भनेको छन, ‘युरोपको आफ्नै स्पस्ट नियम र कानून छ । यदि त्यसको अधिनमा रहेर काम गर्ने हो भने हामीबाट निरन्तर सहयोग हुन्छ । तर, नियम कानुन मानिन्न र हाम्रो मान्यताहरु तोड्ने कोशिस गरिन्छ भने नियमनको घेराभित्र ल्याएर आवश्य प्रक्रिया अघि बढाउन सकिन्छ ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३