close

साना व्यवसायीका लागि उपयोगी ‘फेसबुक सप’

टेकपाना टेकपाना

जेठ ७, २०७७ १४:३२

साना व्यवसायीका लागि उपयोगी ‘फेसबुक सप’

काठमाडौं । फेसबुकले साना व्यवसायीलाई लक्षित गर्दै फेसबुक सप नामक फिचर सार्वजनिक गरेको छ । यो फिचरले कुनै वस्तु वा सेवा फेसबुकमार्फत बिक्रीको लागि सहयोग गर्नेछ । यो फिचर निःशुल्क हो ।

फेसबुकका मालिक मार्क जुकरवर्गले मंगलबार यो फिचरको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘व्यवासायीले निःशुल्क रुपमा विजनेश सेटअप गर्न सक्नेछन् । जसले साना व्यवसायीलाई लगानीबिनै अन्य व्यवसायसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्नेछ ।’

फेसबुकले सुरु गरेको सप फेसबुकको पेज जस्तै छ । जसमा व्यवसायीले आफ्ना सामान सूचीकृत गर्न सक्नेछन् । ग्राहकले त्यहीबाटै सामान खरिद गर्न सक्नेछन् । यसको फिचर इकमर्स साइटको जस्तै छ ।

उक्त सपमा कसले के किन्यो भन्ने जानकारी कसैलाई थाहा हुने छैन । तर, यदि ग्राहकले चाहेको खण्डमा भने शेयर गर्न सक्नेछन् ।

‘हामी ग्राहकलाई खरिदको नयाँ अनुभव दिन चाहन्छौं,’ जुकरबर्गले भने, ‘त्यति मात्रै नभएर साना व्यवसायलाई सहयोग गर्न चाहान्छौं । जसबाट व्यवसायीले आफ्नो व्यवसायको विस्तार गर्न सक्नेछन भने ग्राहकले आपूmलाई मन परेको सामान पाउँनेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३