close

मोबाइल नम्बरबाटै बैंक खातामा रहेको पैसा पठाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ ७, २०७७ १२:१३

मोबाइल नम्बरबाटै बैंक खातामा रहेको पैसा पठाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । लकडाउनले गर्दा असहज परिस्थितिमा सिर्जना भएको छ । यस्तो अवस्थामा पैसाको लेनदेन कठीन छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै फोनपे नेटवर्कले आफ्नो नयाँ सेवा सुरु गरेको छ ।  फोनपे डिरेक्ट नामक उक्त सेवाबाट तपाईं सजिलै आफ्नो मोबाईल बैँकिङ एप​ मार्फत जुसुकै बैँकमा पैसा पठाउन सक्नुहुन्छ ।

नेपालकै सबैभन्दा ठूलो मोबाईल पेमेन्ट नेटवर्कको रुपमा रहेको फोनपे नेटवर्क एफवान सफ्ट इन्टरनेसनल प्रालिले सञ्चालन गर्दै आएको छ । हाल दैनिक रुपमा लाखौँ प्रयोगकर्ताले यो नेटवर्क विभिन्न वित्तीय कारोबारको लागि प्रयोग गर्दै आएका छन् ।

५० भन्दा बढी बैँकहरु फोन पे डिरेक्ट नेटवर्कमा जोडिएको कम्पनीले जनाएको छ । कोरोनाभाइरसले आम जनजीवनमा नै परिवर्तन ल्याएको छ ।

सामाजिक दूरी कायम राख्दै सतर्क हुनुपर्ने अहिलेको समयमा फोन पे डिरेक्ट मार्फत सरल, सुरक्षित र नि:शूल्क रुपमा पैसाको लेनदेन गर्न सकिन्छ ।

बैँक समेत जानु नपर्ने, पैसा पनि छुन नपर्ने र पैसा प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर​ मार्फत सजिलै बैंक खातामा पैसा पठाउन मिल्ने सजिलो उपायको रुपमा फोनपे डिरेक्ट आएको हो ।

यसरी प्रयोग गर्नुहोस् फोनपे डिरेक्ट  

  • आफ्नो खाता रहेको बैँकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नुहोस् र ‘एक्टिभेट सर्भिस’मा थिची उल्लेखित विवरण भरेर मोबाइल बैँकिङ सेवा सुचारु गर्नुहोस् ।
  • आफ्नो बैँकको मोबाइल बैँकिङ ऐप खोलेपश्चात ‘सेन्ड मनी’ मा थिच्नुहोस् ।
  • ‘टु रिसिपेन्ट्स’ मोबाईल नम्बर​ (फोनपे डिरेक्ट)’ मा थिच्नुहोस् ।
  • पैसा प्राप्त गर्ने व्यक्तिले पाउने रकम, मोबाइल नम्बर​ र बैँक निश्चित गर्नुहोस् । तर यसमा पैसा पाउने व्यक्तिले मोबाइलमा बैंकिङ कारोबारको नोटिफिकेसन प्राप्त गर्ने सेवा भने लिएको हुनुपर्ने हुन्छ ।
  • पैसा पाउने व्यक्तिको विवरण यकीन गरी ‘कन्फर्म’ मा थिच्नुहोस् ।
  • अब आफ्नो कारोबार सुरक्षित राख्न पिन नम्बर​ र फिङ्गरप्रिन्ट प्रयोग गर्दै सब्मिटमा थिच्नुहोस्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३