close

गुगल म्यापबाट यसरी गर्नुहोस् च्याट

टेकपाना टेकपाना

जेठ ७, २०७७ १५:३५

गुगल म्यापबाट यसरी गर्नुहोस् च्याट

एजेन्सी । गुगल म्यापमा सार्वजनिक स्थलको बारेमा जानकारी मात्र हुन्नन् विभिन्न कम्पनी, रेष्टुरेन्ट, स्टोर र मलहरुसम्बन्धी विवरण पनि हुन्छन् ।

कुन रेष्टुरेन्ट वा मल कहाँ छ भन्ने देखेर मात्रै हुन्न । त्यहाँ कस्तो वस्तु वा सेवा उपलब्ध छन् भनेर जान्नु पनि उत्तिकै आवश्यक छ । कुनै रेष्टुरेन्ट जानु छ त्यहाँ कस्ता कस्ता परिकार उपलब्ध हुन्छन् ?

यस्तै बिषयको जानकारी दिन गुगल म्यापले एपमै म्यासेज गर्न सकिने सुविधा थपेको छ । यो सुविधाका कारण प्रयोगकर्ताले कुनै विजनेस हाउसलाई म्यासेज गरेर उपलब्ध सेवाको बारेमा जानकारी लिन सक्छन् ।

म्यासेज कसरी गर्ने ?

आफ्नो डिभाइसमा म्याप खोलेपछि तपाईंले खोजेको कम्पनी वा विजनेस हाउस सर्च गर्नुहोस् र नाममा ट्याप गर्नुहोस् । त्यसको ओभरभ्यू स्क्रिन खोल्नको लागि म्यापको मुनी स्वाइप अप गर्नुहोस् ।

यदि उक्त कम्पनीले गुगल म्यापमा म्यासेज सपोर्ट गर्ने फिचर राखेको छ भने प्रयोगकर्ताले म्यासेज पठाउन सक्छन् । म्यापको टप टूलबारमा तपाईंले म्यासेज आइकन वा कन्ट्याक अस नाउ लेखेको देख्न सक्नुहुन्छ । दुईमध्ये एउटा रोजेर तपाईंले म्यासेज पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३