close

यी हुन्, भारतका टप टेन युट्युवर

टेकपाना टेकपाना

जेठ ८, २०७७ ११:५०

यी हुन्, भारतका टप टेन युट्युवर

काठमाडौं । पछिल्ला केही वर्षमा युट्युवले जसरी भारतमा वृद्धि हाँसिल गरेको  छ, त्यो एकदमै लोभलाग्दो छ । यस अवधिमा युट्युवले मात्रै उपलब्धी हासिल गरेको छैन, सँगसँगै युट्युवमा कन्टेन्ट क्रियटरहरुले पनि उपलब्धी हात पार्दै गए ।  

कुनै पनि युट्युवर्सहरु कति सफल छन् भन्ने कुराको अनुमान उनीहरुको सब्स्क्राइबर्स र भ्युअर इंगेजमेन्टको आधारमा लगाउन सकिन्छ । 

आज हामी तपाईंलाई भारतका शीर्ष दश युट्युवरको बारेमा बताउँदैछाैं । जसले पछिल्ला केही वर्षमा एकदमै राम्रो प्रगति गरेका छन् । युट्युवको यो परिदृश्य तीब्र गतिमा परिवर्तन भइरहेको छ । पछिल्लो दुई वर्षअघिको स्थितिलाई हेर्ने हो भने अहिले अवस्था निकै फेरिएको छ । 

दुई वर्ष अघि जो यो सूचीमा कतै थिएनन्, ती आज यो सूचीको अग्रस्थानमा छन् । त्यसताका शीर्ष दशमा रहेका युट्युवहरु अहिले यो सूचीबाट गायब भएका छैन । 

एक हप्ता अगाडिको मात्रै कुरा गर्ने हो भने पनि यो परिदृश्य देख्न सकिन्छ । क्यारी मिनाटी नामक एकजना युट्युवरले वितेको एक हप्तामा ४० लाख भन्दा धेरै सब्स्क्राइबर बनाउन सफल भए ।

एक हप्ता अघिसम्म मुस्किलले यो सूचीमा ठाउँ बनाएका क्यारी मिनाटी आज यो सूचीको अग्रस्थानमा छन् ।

तर क्यारी मिनाटी नै भारतको सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युबर भने होइनन् । आज हामी तपाईंलाई ती व्यक्तिगत युट्युवरका बारेमा बताउँदैछाैं, जो एक्लैले म्युजिक तथा कमेडी क्याटेगोरीबाट धेरै सब्सक्राइबर बटुलेका छन् । 

१०. एमिवे बानटाई

भारतका युट्युवरको यो सूचीमा शीर्ष दशमा रहेका युट्युवर हुन् एमिवे बानटाई । उनी ई एक र्‍याप कलाकार हुन् । उनले धेरै हिट र्‍याप गीतहरु रिलिज गरेका छन् ।

पछिल्लो केही वर्षमा उनको च्यानलले धेरै नै राम्रो वृद्धि गरेको छ । आज उनको च्यानलमा एक करोड ९ लाख सब्स्क्राइबरहरु छन् । 

९. विवेक विन्द्रा

विवेक विन्द्रा एक मोटिभेसनल स्पिकर हुन् । व्यवसाय र उद्यमशिलतामा रुची राख्ने हरेकले डा. विवेकक विन्द्राको भिडियो देखेका छन् । 

आजसम्म हिन्दी भाषामा व्यवसाय र उद्यमशिलताबारे उत्कृष्ट भिडियोहरु उनकै च्यानलमा मात्र देख्न सकिन्छ । उनको च्यानलमा आजसम्म  एक करोड २२ लाख सब्सक्राइबर रहेका छन् । उनको च्यानलमा भएका भिडियोहरुले तपाईंलाई थप प्रोत्साहन दिनेछ । 

८. फ्याक्टटेक्ज 

 फ्याक्टटेक्ज जति धेरै फ्याक्टहरु थाहा पाउन सकिन्छ, त्यति नै फरक उनको शैलीमा पनि देख्न सकिन्छ । फ्याक्टहरुलाई प्रस्तुत गर्ने उनको शैली धेरै फरक छ । भारतमा अमेजिङ फ्याक्ट वाला भिडियोको प्रचलन बढाउन उनको च्यानलको ठूलो भूमिका छ ।

यो च्यानलको सब्सक्राइबर संख्या एक कराेड ३४ लाख पुगिसकेको छ । फ्याक्ट्स र ज्ञानको क्याटेगोरीमा भारतमा यो टप च्यानल हो । यस च्यानलका कन्टेन्ट क्रिएटरको नाम राजेश कुमार हो ।

७. राउण्ड टू हेल

भारतको सातौं स्थानमा रहेको युट्युव च्यानल हो राउण्ड टू हेल । यो च्यानललाई यहाँसम्म पुर्‍याउन नाजिम, वसिम र जैन, यी तीनैजनाको ठूलो हात छ ।  तीनजना साथीले २०१६ मा यो च्यानलको सुरुवात गरेका थिए । 

च्यानल सुरु गर्दा यी तीनजनाले धेरै नै चुनाैतीको सामना गर्नु परेको थियो । तर उनीहरुको समर्पण र लगावका कारण आज उनीहरुको च्यानलमा एक करोड ३५ लाख सब्स्क्राइबर छन् । उनीहरुले आफ्नो शक्तिशाली कमेडी भिडियोबाट यो सफलता प्राप्त गरेका हुन् । 

६. सन्दीप महेश्वरी

एक करोड ४८ लाख सब्स्क्राइबरका साथ सन्दीप महेश्वरी भारतको शीर्ष छैटौं लोकप्रिय च्यानलको स्थान बनाउन सफल भएका छन् ।  सन्दीप महेश्वरी एक सफल व्यवसायी र मोटिभेसनल स्पिकर हुन् ।

रोचक कुरा के छ भने धेरै मानिसहरु युट्युवलाई आम्दानीको माध्यम बनाइरहेका छन् । तर यति धेरै सब्स्क्राइबर संख्याको बावजूद सन्दीप महेश्वरीले आफ्नो च्यानललाई कहिल्यै मोनिटाइज गरेनन् ।

युट्युव च्यानल मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सुरु गरेको र पैसा कमाउने आफ्नो लक्ष्य नभएकै कारण च्यानल मनिटाइज नगरेको उनले बताउने गरेका छन् । 

५. टेक्निकल गुरुजी

भारतीय युट्युवमा जब प्रविधिको कुरा आउँछ, तब टेक्निकल गुरुजीको नाम सबैभन्दा अगाडि देखापर्छ । उनी भारतका यस्ता पहिलो टेक युट्युवर हुन्, जसलाई डाइमण्ड प्ले बटन आएको थियो ।

उनी विश्वको दोस्रो ठूला टेक युट्युवर पनि हुन् । गाैरव चाैधरीले एकसमय यो च्यानल आफ्नो हबीको रुपमा सुरु गरेका थिए । आज उनको सब्स्क्राइबर संख्या एक करोड ६७ लाख पुगेको छ ।

उनी एक व्यवसायी पनि हुन् । उनले कठिन प्राविधिक पदावलीलाई मानिसहरु माझ बुझ्न सजिलो बनाइदिएका छन् । यस अलावा उनको गाैरव चाैधरी नामको छुट्टै च्यानल पनि छ । जसमा ३३ लाख सब्स्क्राइबर रहेका छन् ।

४. बीबी कि भाइन्स 

एक करोड ७६ लाख सब्स्क्राइबर रहेको बीबीके भाइन्स नामको युट्युव च्यानल भुवन बामले सुरु गरेका हुन् ।  एक समय यो पहिलो नम्बरको युट्युव च्यानल थियो ।

उनी भारतका पहिलो यस्ता इन्डिभिजुअल युट्युवर हुन् जसले पहिलोपटक भारतमा एक करोड सब्स्क्राइबरको आँकडा पार गरेका थिए । उनलाई भारतमा पहिलो इन्डिभिजुअल डायमण्ड प्ले बटन पनि आएको थियो । 

३. क्यारी मिनाटी 

क्यारी मिनाटीले पछिल्ला केही दिनमा अचम्मैको प्रगति गरेका छन् । उनले युट्युव इतिहासका धेरै रेकर्ड तोडिदिएका छन् । युट्युवमा क्यारी मिनाटीको नामबाट चिनिने यी २१ वर्षे युवा अजय नागर हुन् ।

युट्युवर बन्नका लागि आफ्नो करियरलाई नै बेवास्ता गरेका क्यारी मिनाटी आज एक सेलिब्रेटी बनिसकेका छन् । क्यारीको पछिल्लो भिडियोमा उनले युट्युव भर्सेस टिकटकको कुरा गरेका थिए ।

त्यसले एउटा ट्रेण्ड उत्पन्न गराएर युट्युव इतिहासका धेरै रेकर्डहरु तोडिदियो । क्यारी युट्युव इतिहासमा कम समयमा नै लाइक पाउने युट्युवर बनेका छन् ।

उनको भिडियोले दुई मिनेटमा २० लाख लाइकको आँकडा पार गरेको थियो । भारतको युट्युव इतिहासकै पहिलो भिडियो, जसले अपलोड भएको २४ घण्टा भित्रै १० लाख भन्दा धेरै सब्स्क्राइबर संख्या बटुलेको थियो । अहिले उनको च्यानलमा एक करोड ८६ लाख सब्स्क्राइबर छन् । 

२. आशिष चञ्चलानी भाइन्स 

एक्टिङ र कमेडीका प्यासनेट आशिषलाई युट्युवमा राम्रो रेस्पोन्स मिल्न थालेपछि उनले यसलाई नै आफ्नो करियर बनाए ।

उनको यो फैसला उनका लागि एकदमै भाग्यमानी सावित भयो । आज उनी कुनै सेलिब्रेटीभन्दा कम छैनन् । उनको च्यानलको सब्स्क्राइबर संख्या एक करोड ८३ लाख रहेको छ । 

१. अमित भडाना 

भारतको सबैभन्दा धेरै सब्सक्राइबर भएको इन्डिभिड्युअल अर्थात व्यक्तिगत युट्युवर हुन् अमित भादाना । हास्यास्पद डायलग र देशी भाषाको समिश्रण अमित भादानाको भिडियोमा देख्न पाइन्छ ।

बाल्यकालदेखि नै पढाई लेखाईमा कमजोर मिजासिलो स्वभावका उनको बाल्यकालदेखि नै हाँसी मजाकमै थियो । आफ्नो यही स्वभावलाई करियरमा बदलेका उनको युट्युव च्यानलमा आज सब्स्क्राइबर संख्या एक करोड ९६ लाख पुगेको छ ।

उनी भुवन बामपछि भारतमा एक करोडको आँकडा पार गर्ने दोस्रो कन्टेन्ट क्रिएटर बने । जसले युट्युवबाट डायमण्ड प्ले बटन पाइसकेका छन् । युट्युव बाहेक अन्य सामाजिक सञ्जालमा पनि उनका धेरै फ्यान फलोअर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३