close

दूरसञ्चारमा सबैभन्दा धेरै कर लाग्ने देशको ‘टप टेन’मा नेपाल

टेकपाना टेकपाना

जेठ ७, २०७७ १९:५२

दूरसञ्चारमा सबैभन्दा धेरै कर लाग्ने देशको ‘टप टेन’मा नेपाल

काठमाडौं । भोइस, डेटा र एसएमएस सेवाबापत धेरै कर लाग्ने देशको सूचीमा नेपाल पहिलो दश स्थानमा परेको छ । अर्थात नेपाल दूरसञ्चार सेवामा सबैभन्दा धेरै कर लाग्ने मुलुकको सूचीमा छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले सार्वजनिक गरेको ‘मेजरिङ डिजिटल डेभलपमेन्टः आईसीटी प्राइस ट्रेन्ड्स २०१९’ ले विश्वका १ सय ७९ देशमध्येमा नेपालको करको दर उच्च देखाएको हो । प्रतिवेदन अनुसार नेपालमा दूरसञ्चार सेवाको लागि प्रयोगकर्ताले २६ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

सन् २०१८ को तथ्यलाई आधार मानेर प्रतिवेदनले समेटेपनि यस्तो करको दर पछिल्लो समय बढेको छ । सरकारले इन्टरनेट प्रयोगबापत दूरसञ्चार सेवा शूल्क बापत १३ प्रतिशत कर लगाउँछ । जुन् यो प्रतिवेदनमा समेटिएको छैन ।

विश्वमै सबैभन्दा धेरै दूरसञ्चार कर लाग्ने देशभने जोर्डन रहेको छ जहाँ ४६ प्रतिशत यस्तो कर लाग्छ । त्यसपछि इजिप्टमा ४३ प्रतिशत, ब्राजिलमा ४०.२ प्रतिशत, श्रीलङ्कामा ३७.७ प्रतिशत दूरसञ्चार कर निर्धारण गरिएको छ ।

जाम्बियामा ३३.५ प्रतिशत, केन्यामा ३१ प्रतिशत, डोमिनिकामा ३० प्रतिशत र रुवान्डामा २८ प्रतिशत छ । नेपालजस्तै अफ्रिकी मुलुक कंगोमा पनि दूरसञ्चार करको दर समान अर्थात २६ प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३