close

विण्डोज अपडेटमार्फत आउँदै माइक्रोसफ्टको नयाँ ब्राउजर, तपाईंले पाउनु भयो ?

टेकपाना टेकपाना

जेठ ८, २०७७ १८:४९

विण्डोज अपडेटमार्फत आउँदै माइक्रोसफ्टको नयाँ ब्राउजर, तपाईंले पाउनु भयो ?

काठमाडौं । माइक्रोसफ्टले महिनाैंदेखि आफ्नो नयाँ एज ब्राउजरको विज्ञापन गर्दै आइरहेको थियो । अन्तत: माइक्रोसफ्टले अहिले आफ्नो पुरानो ब्राउजरलाई विस्थापन गर्दै यो नयाँ ब्राउजर विधिवत् रुपमा सार्वजनिक गरेको छ । 

ब्युल्ट २०२० डेभलपर कन्फ्रेन्समा नयाँ एज ब्राउजरका पछिल्ला अपडेटहरु घोषणा गरिएको छ । यो ब्राउजर गूगलको ओपन सोर्स क्रोमियम प्रोजेक्टमा आधारित छ ।

केही हप्ताभित्र सबै विण्डोज टेन डिभाइसमा यो ब्राउजर स्वचालित रुपमा प्राप्त हुनेछ । पिन इन्ट्रेस्ट इन्टीग्रेसन जस्ता नयाँ फिचर यसमा चाँडै आउनेछन् ।

यसै वर्षको जनवरी अघि रिलिज भएको यो ब्राउजर वैकल्पिक डाउनलोडका लागि उपलब्ध थियो । अब भने यो ब्राउजर विण्डो अपडेट मार्फत सबै डिभाइसमा उपलब्ध हुनेछ । 

माइक्रोसफ्ट कम्पनीले इन्टरप्राइज र एजुकेसन बाहेक सबै विण्डोज टेन डिभाइसहरुलाई अपग्रेड गर्ने योजना बनाएको छ । अर्को हप्तासम्ममा कम्पनीले यसको रोलआउट सम्पन्न गरिसक्ने बताएको छ । 

नयाँ एजको रोलआउट पश्चात पनि माइक्रोसफ्टले यसको आगामी भर्सनमा नयाँ फिचर थप गर्दै जाने बताएको छ ।  एजको फिचरमा पिन इन्ट्रेस्टको इन्टीग्रेसनसँगै एज इन्साइडर बेटा टस्टर पनि चाँडै आउँदैछ । 

साथै कम्पनीले माइक्रोसफ्ट एज अन साइट पनि सुधार गर्ने बताएको छ । यसलाई नयाँ लुक्स दिने तथा सजिलो नेभिगेट तथा एक्सटेन्सनहरु सजिलै फेला पार्न सकिने गरी कम्पनीले ले आउटमा पनि परिमार्जन गर्ने बताएको छ । 

माइक्रोसफ्टको कलेक्सन र पिन इन्ट्रेस्टबीचको सहकार्यले प्रयोगकर्तालाई रिसर्च तथा प्रोजेक्टका लागि आवश्यक सान्दर्भिक सामग्री खोज्न मद्दत गर्नेछ । प्रयोगकर्ताले मनपर्ने डिजाइन आइडिया, रेसिपी, होम इम्प्रुभमेन्ट लिंक र विभिन्न साइटहरुमा आफूले खरिद गर्ने सामग्रीको खोजी गर्न कलेक्सनको प्रयोग गर्न सक्छन् । 

यस्तै यो ब्राउजरमा साइडबार सर्च फिचर पनि रहेको छ । जुन राइट क्लिक कन्टेक्स्ट मेनुमा उपलब्ध हुनेछ । यसले कुनै नयाँ ट्याब वा विण्डोको साटो साइडबारमा वर्ड वा फ्रेजको रिजल्ट देखाउँछ ।

धेरै काम गरिरहँदा यसले प्रयोगकर्तालाई नअल्झाएरै आफ्नै गतिमा काम गर्ने वातावरण तयार गरिदिन्छ । माइक्रोसफ्टले विजनेस, आईटी प्रोफेसनल तथा डेभलपरहरुका लागि एजमा नयाँ फिचरहरु दिने बताएको छ ।

नयाँ डेभलपर फिचरमा एनईटी र युडब्लूपी (विन यूआइ ३.0) डेभलपमेन्ट का लागि नयाँ अप्सन समेत राखिएको छ । यस्तै विजनेस र आईटी प्रोफेसनलहरुले सिन्सिङ र कस्टमाइजेसन अप्सनहरु प्रयोग पनि गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३