close

ह्वावे पी फोर्टी प्रो भर्सेस आईफोन इलेभेन प्रो म्याक्सः कुन राम्रो ?

टेकपाना टेकपाना

जेठ ९, २०७७ १५:५१

ह्वावे पी फोर्टी प्रो भर्सेस आईफोन इलेभेन प्रो म्याक्सः कुन राम्रो ?

काठमाडौं । ह्वावेको पी फोर्टी प्रो र एप्पलको आईफोन इलाभेन प्रो म्याक्स, यी दुई फोनबीच कुन फोन खरिद गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने आज हामी तपाईंको यो दुविधा हटाउन मद्दत गर्ने छाैं । स्मार्टफोन बजारमा यी दुवै फोन उत्कृष्ट ठहरिएका फ्ल्यागशिप फोन हुन् ।

डीजाइन, डिस्प्ले र किफायती

ह्वावे पी फोर्टी प्रो र आईफोन इलेभेन प्रो म्याक्स दुवै फोनको बडी डिजाइन उस्तै छ । दुवैको डिजाइन मजबूत र किफायती पनि छ ।

दुवैमा मेटल च्यासिस र फ्रन्ट रियर सबैमा ग्लास प्रयोग भएको छ । ग्लास सर्फेसका कारण फोन धेरै संवेदनशील पनि छ । दुवैको डिजाइन पनि सुन्दर छ ।  पी फोर्टी प्रोको बडी केही मोटो र भारी छ । तर आईफोन इलाभेन प्रो म्याक्स जतिकै यो पनि आकर्षक छ ।

फोनको कलरको कुरा गर्दा ह्वावेको फोन आकर्षक कलरमा उपलब्ध छ । पछिल्ला फोनहरुभन्दा यो ह्वावेको यो फोन स्मार्ट कलरमा आएको छ । तर आईफोन इलाभेन प्रो म्याक्स भने पुरानै रंगमा बजारमा आएको छ । 

दुवै फोनको ओएलईडी डिस्प्लेमा समान पिक्सेल डेन्सिटी, स्क्रीन साइज र संवेदनशील ग्लास बडी छ । तर ह्वावे पी फोर्टी प्रो भर्खरै सार्वजनिक भएको हो । 

पर्फमेन्स, ब्याट्री लाइफ र चार्जिङ 

पर्फमेन्स र स्मूथ रनिङको कुरा गर्दा सधैं र्‍यामको कुरा आउँछ । र्‍यामको मामिलामा यी दुई डिभाइसमा धेरै फरक छ । ह्वावेको फोनमा आठ जीबीको र्‍याम छ ।

जसले गर्दा यसले मल्टिटास्किङ र ब्याकग्राउण्ड प्रोसेसिङका लागि पर्याप्त मेमोरी दिन्छ । तर आईफोन इलाभेन प्रो म्याक्समा र्‍याम चार जीबी मात्र रहेको छ ।

तर एन्ड्रोइड र आईओएसमा भएको र्‍यामले फरक फरक ढंगले काम गर्ने हुँदा यी दुई बीचको र्‍यामको फरकलाई यति धेरै गहिरिएर हेरिरहनु पर्दैन । दुवैको पर्फमेन्स स्पीड राम्रो छ ।

आईफोन इलाेभन प्रोमा फेस आईडी प्राइमेरी सेक्युरिटी फिचरको रुपमा रहेको छ । ह्वावेको पी फोर्टी प्रोमा भने फेस अनलक र फिंगरप्रिन्ट दुवै सुरक्षा फिचर समावेश छ ।

तर एप्पलले हालसम्म यी दुई फिचरलाई एउटै डिस्प्ले मूनी ल्याउन सकेको छैन । ब्याट्रीको कुरा गर्दा ह्वावेको फोनमा ४,२०० एमएएचको ब्याट्री र एप्पलको फोनमा ३,९६९ एमएएचको ब्याट्री रहेको छ ।

दुवैमा १८ देखि २० घण्टासम्म भिडियो र ८० देखि ९० घण्टासम्म अडियो र कल टाइम राम्ररी चल्न सक्छ । ह्वावेको यो फोनमा टप नोच स्पिकर अडियो क्वालिटी छैन ।

तर यसमा एप्पलको फोनको तुलनामा ठूलो ब्याट्री र मोबाइल जगतमै नेतृत्वदायी ४० वाटको वायरलेस फास्ट चार्जर छ । यसमा मजबूत पर्फमेन्सका लागि ९० हर्जको डिस्प्ले छ । समग्रमा यो सेग्मेन्टमा ह्वावेको फोन राम्रो रोजाइ बन्ने छ ।

क्यामेरा 

एप्पलले यसपटक आफ्नो प्रयास इमेजिङ सफ्टवेयर तथा हार्डवेयर र पोर्ट्रेट मोडमा लगाएको छ । यसकारण क्यामेरामा यो अलिक पछाडि छ ।

अर्कोतिर ह्वावे पी फोर्टी प्रोमा एकदमै उत्कृष्ट ५० मेगापिक्सेलको वाइड एंगल मेन लेन्स रहेको छ । जसमा १२ मेगा पिक्सेलको टेलिफोटो लेन्स र ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स रहेको छ ।

टेलिफोटो लेन्समा पेरिस्कोपिङ संयन्त्र छ । जसले पाँच गुणा अप्टिकल जूम अर्थात् वास्तविक जूम दिन्छ । साथै यसमा १० गुणा हाइब्रिड जूम र ५० गुणा सुपर सेन्सिङ डिजिटल जूम पनि रहेको छ ।

फोटो पत्रकार, घुमन्ते, फिरन्ते र फोटोग्राफरहरुका लागि यो एकदमै राम्रो फोन हो । क्यामेरा र फोटोको सेग्मेन्टमा ह्वावेको फोन राम्रो रहेको छ ।

सफ्टवेयर र अपडेट

पी फोर्टी प्रोमा एन्ड्रोइडमा आधारित ईएमयूआई स्क्रीन राम्रोसँग रन भइरहेको हामीले देख्दै आएका थियाैं । तर अब एन्ड्रोइड र गूगलले आफ्नो सेवा प्रयोगमा ह्वावेमाथि प्रतिबन्ध लगाइसकेको छ ।

त्यसैले यसमा गूगल प्ले स्टोर र गूगल सम्बन्धी सपोर्ट सिस्टमको अभाव हुनेछ । तर यसको विकल्पमा एप्पलको आईओएस थर्टिनमा रन भइरहेको आईफोन इलाभेन प्रो म्याक्समा निर्भर हुनसक्छाैं ।

जहाँ एप्पल एप स्टोरमा हामीले विभिन्न किसिमका फिचर र सेवाहरु पाउन सक्छाैं । यसकारण सफ्टवेयर र अपडेटको मामिलामा आईफोनको यो फोनलाई ह्वावेको फोनले टक्कर दिन सक्दैन ।

स्पेसल फिचर

फाइभजी कनेक्टेड विश्वमा ह्वावेले पी फोर्टी प्रोलाई अगाडि ल्याएर आएको छ । फाइभजीसँगै ह्वावेको ईएमयूआई प्लेटफर्ममा डेस्कटप मोड पनि छ ।

जसले गर्दा यो फोन एक्सटर्नल मनिटरसँग जोडेर कम्प्युटरको जसरी काम गर्ने पनि बनाउन सकिन्छ ।  यो फोनमा तपाईंले फेन्सी फाइभजी र डेस्कटपको अनुभव समेत पाउन सक्नुहुन्छ । 

 यता आईफोन इलाभेन प्रो म्याक्स र आईओएस थर्टिन आफ्नो फेस आईडी फिचरलाई लगातार विस्तार गरिरहेको छ । उदाहरणको लागि एनिमोजी र मिमोजी लाई लिन सक्छौं ।

यो अब कस्टमाइज्ड बन्नुका साथै तपाईको अनुहारको गुणलाई तोडमोड गर्न पनि सक्छ । एप्पलको यो फोनमा होम किटको सुविधा पनि हुनेछ । जसले तपाईंलाई स्मार्ट होम इकोसिस्टमको फाइदा दिनेछ । 

हाम्रो जीवनमा एप्पलले इन्टरकनेक्टिभिटी र इन्टिग्रेसन ल्याएर हामीलाई समृद्ध बनाएको छ । तर अब यो समय फाइभजीमा आधारित फ्युचर प्रूफ हुवावेलाई साथ लिएर अघि बढ्दा नै राम्रो हुने देखिन्छ ।

मूल्य र उपलब्धता 

यी दुई फोनबीच मूल्यमा खासै ठूलो अन्तर छैन । यी दुवै फोन ६ अंकको मूल्यमा बजारमा उपलब्ध छन् । तर यी फोनको उपलब्धतामा भने धेरै फरक छ । ह्वावेको फोनको अनलक भर्सन अमेरिकामा अमेजनमा उपलब्ध छ भने आईफोन प्रो म्याक्स जुनसुकै शहरमा पाउन सकिन्छ ।

समग्रमा उत्कृष्ट: ह्वावे पी फोर्टी प्रो

तपाईं एप्पल इकोसिस्टममा बाँच्नु भएको छ अर्थात् सबै डिभाइसहरु एप्पल वाच, म्याकबूक इत्यादी एप्पलकै प्रयोग गर्नुहुन्छ भने एप्पलको फोन तपाईंको रोजाइमा पर्छ । तर सामान्य अवस्थामा

तपाईंलाई हामी एप्पलको साटो ह्वावेको यो नयाँ फ्ल्यागशिप फोन नै ट्राइ गर्न सल्लाह दिन्छाैं । ह्वावेको यो फोन बजारमा उपलब्ध सबैभन्दा उत्कृष्ट क्यामेरा भएको फोन हो । 

ब्याट्री लाइफ, डिस्प्ले, किफायती मूल्य सबै समान भएपछि एप्पललाई नै किन रोज्ने ? बरु यसको साटो स्मार्ट कलर, फास्ट स्मार्ट चार्जिङ, फाइभजी लगायतको फिचर र सुविधा भएको ह्वावे पी फोर्टी प्रो  खरिद गरेर फ्युचर प्रूफ विकल्प रोज्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३