close

ई–ढेवा वालेटबाटै खाद्यान्न लगायतका सामान अर्डर गर्न सकिने, डेलिभरी निःशूल्क

टेकपाना टेकपाना

जेठ १०, २०७७ १०:३१

ई–ढेवा वालेटबाटै खाद्यान्न लगायतका सामान अर्डर गर्न सकिने, डेलिभरी निःशूल्क

काठमाडौं । नेपालमा अहिले विभिन्न मोबाइल वालेट र अनलाइन सामान बिक्री गर्ने कम्पनीहरु छुट्टा छुट्टै रुपमा रहेका छन् । यस्तोमा ई–ढेवा सुपर एपले भने यी दुवै सेवालाई एकै ठाउँमा ल्याएको छ ।

ग्राहकले मोबाइलमा धेरै एप डाउनलोड गर्न नपरोस भन्ने योजनाका साथ कम्पनीले यी दुवै सेवालाई एकै ठाउँमा ल्याइएको जनाएको छ । कम्पनीका अनुसार ई–ढेवा सुपर एपमार्फत प्रयोगकर्ताले घरबाटै आफूलाई आवश्यक तरकारी र खाद्यान्न लगायतका सामान अर्डर गर्न सक्नेछन् ।

त्यसरी सामान अर्डर गर्दा डेलिभरी शूल्क समेत नलाग्ने कम्पनीले जनाएको छ । यो सेवा हाल काठमाडौं उपत्यकामा मात्र सीमित छ ।

एपमा हाल काठमाडौं अर्ग्यानिक्स र खानपिन नामका दुई कम्पनीबाट सामान अडर गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आगामी दिनमा यसमा अन्य सेवा प्रदायकलाई समेत थप गर्दै लैजाने कम्पनीले जनाएको छ । एपबाट अर्डर गरिएका सामानको मूल्य ई–ढेवाकै वालेटबाट भुक्तानी गर्न सकिने‍छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३