close

ह्वावेले सुरु गर्‍यो आसियान एकेडेमी, डिजिटल प्रतिभा उत्पादन गर्ने

टेकपाना टेकपाना

जेठ १०, २०७७ १५:४६

ह्वावेले सुरु गर्‍यो आसियान एकेडेमी, डिजिटल प्रतिभा उत्पादन गर्ने

ह्वावेले मलेसियामा आसियान क्षेत्रका डिजिटल प्रतिभालाई तालिम दिने उद्देश्यसहित ‘आसियान एकेडेमी’ स्थापना गरेको छ । ह्वावेका अनुसार आगामी पाँच वर्षमा उक्त एकेडेमीबाट ५० हजार प्रतिभा निस्कने छन् । जो विभिन्न व्यवसाय र प्रविधि क्षेत्रमा फैलने जनाईएको छ ।

एकेडेमीले तीन हजारभन्दा बढी आईसिटी कोर्ष उपलब्ध गराएको जनाएको छ । एकेडेमीमा एक सयभन्दा बढी तालिमप्राप्त प्रशिक्षक छन् । ‘मलेसियाकोस्थित एकेडेमी कम्पनीको एसिया प्यासिफिक क्षेत्रमा नै पहिलो हो जसले डिजिटल अर्थतन्त्रको वृद्धि गर्ने बाटोमा महत्वपूर्ण भूमिका निभाउने छ । यसमार्फत स्थानिय प्रतिभालाई आईसिटीको ज्ञान उपलब्ध गराएर एउटा परिस्कृत प्रोडक्टको रुपमा विकास गर्न मद्दत गर्नेछ,’ मलेसियाका कम्युनिकेसन्स एण्ड मल्टिमिडिया मन्त्री वाईबी दातो सैफुद्धिन अब्दुल्लाहले भने ।

एकेडेमीको आईसिटी तालिम कार्यक्रम र कोर्षहरु सरकारी निकाय, उद्योगका व्यवसायीक व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई लक्षित गरिएको छ । यसले विभिन्न किसिमका शैक्षिक तरिका स्थापना गर्ने दाबी गरिएको छ । जसमा दृश्यात्मक आधार र अनलाइन लाईभ ट्रेनिङ्गका साथै वैदेशिक अध्ययन भ्रमण छन् ।

‘आसियान एकेडेमीद्वारा प्रदान गरिने तालिम र कार्यक्रमले स्थानिय प्रतिभालाई सशक्त बनाउँदै भविष्यको लागि तयार र सक्रिय बनाउने छ, जसले देशकै डिजिटल रुपान्तरणको यात्रालाई गति प्रदान गर्नेछ,’ ह्वावे मलेसियाका सिईओ मिसेल युआनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३