close

टेलिकमसँग सम्बन्धित समस्या आयो ?, भोलिदेखि खुल्नेछन् कम्पनीका यी काउन्टर

टेकपाना टेकपाना

जेठ १०, २०७७ १४:४८

टेलिकमसँग सम्बन्धित समस्या आयो ?, भोलिदेखि खुल्नेछन् कम्पनीका यी काउन्टर

काठमाडौं । नेपाल टेलिकमले जेठ ११ गतेदेखि एक हप्तासम्मका लागि काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गतका विभिन्न काउन्टरहरु खुल्ला गर्ने भएको छ । कम्पनीका अनुसार बिहान १० बजेदेखि दिनको तीन बजेसम्म ति काउन्टरबाट सेवा लिन सकिनेछ ।

टेलिकमले फरक फरक दिनमा खुल्ने काउन्टरको तालिका समेत बनाएको छ । जस अन्तर्गत जेठ ११ गते आईतबार सुन्धारा, पाटन, गोङ्गबु, ठिमी, बनेपा, त्रिशुली, रसुवा, धादिङ, मन्थली र बाह्रबिसेस्ति काउन्टर खुल्ला हुनेछन् ।

त्यस्तै १२ गते सोमबार नक्साल, चाबहिल, छाउनी, भक्तपुर, चरिकोट, चौतारा, पाँचखाल, लुक्ला र नाम्चेस्थित काउन्टर खुल्ला हुनेछ । मंगलबार अर्थात १३ गते सुन्धारा, पाटन, गोङ्गबु, ठिमी, बनेपा, चरिकोट, चौतारा र पाँचखालका काउन्टरबाट सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

जेठ १४ गते बुधबार नक्साल, चाबहिल, छाउनी, भक्तपुर, त्रिशुली, रसुवा, धादिङ, मन्थली र बाह्रबिसेको काउन्टर खुल्ला हुने टेलिकमले जनाएको छ । १५ गते बिहीबार सुन्धारा, पाटन, गोंगबु, ठिमी, बनेपा, चरिकोट, चौतारा, पाँचखाल, लुक्ला र नाम्चेको काउन्टर खुल्ला हुनेछ । शुक्रबार भने नक्साल, चाबहिल, छाउनी र भक्तपुरको मात्र काउन्टर खुल्ला कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३