close

भारतीय ह्याकरको अहिलेसम्मकै ठूलो हमला, नेपाल नागरिक उड्ययन प्राधिकरणको वेबसाईट ह्याक

टेकपाना टेकपाना

जेठ ११, २०७७ १८:१८

भारतीय ह्याकरको अहिलेसम्मकै ठूलो हमला, नेपाल नागरिक उड्ययन प्राधिकरणको वेबसाईट ह्याक

काठमाडौं । नेपालको उड्ययन क्षेत्रको नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को आधिकारीक वेबसाईट (caannepal.gov.np) भारतको एउटा ह्याकर समुहले कब्जामा लिएको छ । आईतबार बेलुका आईक्रु नाम गरेको ह्याकर समुहले साईट ह्याक गरेको हो ।

ह्याकरले साईट कब्जामा लिएपछि वेबसाईटमा भारतको झन्डासहित केही सन्देश पनि राखिएको छ । जसमा भारतीय ह्याकरको शक्ति अनुभव गर (फिल द पावर अफ इन्डियन ह्याकर्स) भनेर पनि उल्लेख गरिएको छ । सँगै ह्याकरले रोबिन भिन्सेन्ट नाम गरेको फेसबुक पेज उल्ल्लेख गरेको छ । ह्याकरले आफ्नो नाम GHO57_5P3C706 जनाएको छ ।

नेपाल र भारतबीच सिमा विवाद बढेयता दुई देशका ह्याकरबीच एक अर्का देशको साईट ह्याक गर्ने प्रवृत्ति बढेको छ । भारतीय ह्याकरले यस अघि नेपालको नेसनल लाइबे्ररी र वनस्पति विभाग बाँकेको वेबसाईट ह्याक गरेको थियो । भारतीय ह्याकरको यो अहिलेसम्मकै ठूलो हमला हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३