close

अपाङ्गमैत्री बन्दै गूगल, ह्विलचेयर जाने ठाउँ म्यापमै देखिने

टेकपाना टेकपाना

जेठ १२, २०७७ ११:२५

अपाङ्गमैत्री बन्दै गूगल, ह्विलचेयर जाने ठाउँ म्यापमै देखिने

काठमाडौं । गूगलले गएको बिहीबार एन्ड्रोइड, म्याप तथा अन्य धेरै सफ्टवेयरहरुमा शारीरिक रुपमा अशक्त मानिसहरुका लागि सहयोगी हुने किसिमका अपग्रेड फिचरहरु अर्थात् ‘एक्सेसिबिलिटी फोकस्ड सफ्टवेयर इनह्यान्समेन्ट’ को घोषणा गरेको छ ।

ती फिचरहरु एन्ड्रोइड एक्सेसिबिलिटीका प्रडक्ट म्यानेजर सार्लेन युहान र सेन्ट्रल एक्सेसिबिलिटी टिमका सफ्टवेयर इंजिनियर अजित नारायणले ब्लग पोस्टमार्फत सार्वजनिक गरेका हुन् । 

कम्पनीले ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डेको अवसरमा कम्पनीले सुन्न नसक्ने, तथा संज्ञात्मक ज्ञानमा फरकपना भएका विभिन्न असक्त मानिसहरुका लागि सहयोगी एन्ड्रोइड फिचरहरु तयार पार्ने जनाएको छ । 

असक्त मानिसहरुका लागि डिजाइन गरिने त्यस्ता फिचरहरुले कम्पनीका प्रडक्टहरुलाई अपाङ्गमैत्री बनाउनेछ । एन्ड्रोइडमा गूगलले अल न्यू एक्सन ब्लक नामक छुट्टै एप समेत ल्याउनेछ ।

यसका लागि तपाईंसँग एन्ड्रोइड फाइभ वा त्यसपछिका भर्सन हुनुपर्नेछ । यो एप प्लेस्टोरमा पाउन सकिनेछ । यसमा रहेर असक्त मानिसहरुले एकल ट्यापकै भरमा आफ्ना कामहरु गर्न सक्ने कम्पनीले बताएको छ ।

यसको अवधारणा एप्पल सर्टकटको जस्तै छ । यसले टेक्स्ट म्याेजिङको मल्टी स्टेप प्रोसेसलाई सिंगल प्रोसेसमा परिवर्तन गरिदिएको छ । 

शारीरिक रुपमा असक्षम प्रयोगकर्ताहरुका लागि एन्ड्रोइडको यो अपडेटेड फिचर धेरै फाइदाजनक हुनेछ । संज्ञात्मक प्रक्रियामा समस्या भएका तथा फाइन मोटर कन्डिसन भएका प्रयोगकर्ताहरुका लागि यसले फोन प्रयोग गर्न सजिलो बनाउनेछ ।

अब सामान्य अवस्थामा जस्तो असक्त प्रयोगकर्ताहरुले यो फोनमा धेरै ट्याप गर्नुपर्ने छैन । यो एक्सन ब्लकले कसरी काम गर्छ भनेर गूगलले युट्युबमा एउटा भिडियो पनि राखेको छ । 

यस्तै कम्पनीले आफ्नो लाइभ ट्रान्सक्राइब एप समेत अपडेट गरेको छ । उसले उक्त एप गत वर्ष सार्वजनिक गरेको  थियो । यसमा सबैभन्दा राम्रो फिचर भनेको यदि कसैले तपाईंको नाम लियो भने, तपाईंको फोन भाइब्रेट हुन्छ ।

कम्पनीले अर्को नयाँ फिचर पनि ल्याएको छ । जसबाट प्रयोगकर्ताले आफ्नो रैथाने शब्द वा उखानलाई शब्दकोषमा थप्न सक्छन् । यसले च्याटमा गरिएको कुराकानीहरु खोज्न सजिलो बनाउँछ । साथै सात नयाँ भाषाहरु थप गरेर स्थानीयकरणलाई विस्तार गराउन मद्दत गरेको छ ।

साथै कम्पनीले नयाँ साउण्ड एम्प्लिफायर एप पनि सार्वजनिक गरेको छ । हाल यो गूगलको पिक्सेल फोनमा मात्र सिमित छ । यो फिचरले ब्लुटुथ, हेडफोन र फोनमा कनेक्ट हुँदा साउण्ड बढाइदिन्छ ।

गूगलका अनुसार टेलिभिजन हेर्दा र लेक्चर सुन्दा यो उपयोगी हुन्छ । साउण्ड एम्प्लिफायरका लागि एन्ड्रोइड सिक्स मार्समेल्लो वा त्यसपछिको भर्सन आवश्यक पर्दछ । यो अहिले गूगलको प्ले स्टोरमा उपलब्ध छ ।

ह्विलचेयरमैत्री ठाउँ देखाउने म्याप 

गूगल म्याप टिमका सफ्टवेयर इंजिनिर रहेकी शासा ब्लेयरले एउटा छुट्टै पोस्टमा ‘एक्सेसिबल प्लेस’ फिचरको बारेमा बताएकी छिन्, जसलाई हालै गूगल म्यापले सार्वजनिक गरेको छ ।

जब यो फिचरलाई इनेबल गरिन्छ, तब कुनै ठाउँको लोकेसनमा शारीरिक अपाङ्गतामैत्री ठाउँहरु छन् वा छैनन् भनेर देखाउँछ । अपाङ्गतामैत्री प्रवेशद्वार, बस्ने कोठा, आराम कक्ष, पार्किङ छ वा छैन त्यो सबै कुरा यसले देखाउँछ ।

प्रोग्राम म्यानेजर एन्नी न्यासले एउटा छुट्टै पोस्टमा विश्वभरका शिक्षक तथा विद्यार्थीहरुले कसरी गूगलका सामग्रीहरु प्रयोग गरेर रिमोट लर्निङलाई सहजीकरण गरेको छ भन्नेकुरा बताएकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३