close

लकडाउनमा समेत रोकिएन मोबाइल आयात, बैशाखमा मात्रै भित्रिए एक लाख थान

टेकपाना टेकपाना

जेठ १२, २०७७ १७:५४

लकडाउनमा समेत रोकिएन मोबाइल आयात, बैशाखमा मात्रै भित्रिए एक लाख थान

काठमाडौं । चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । यसबीच नेपालको अन्तर्राष्ट्रिय व्यापार निकै घटेको छ । सरकारले अत्यावश्यक वस्तुलाई प्राथमिकतामा राखेर आयात खुला राखेको छ ।
यस्तो परिस्थितिमा मोबाइल फोनको आयात पनि टुटेको छैन । भन्सार विभागका अनुसार बैशाख महिनाभर एक लाख चार हजार तीन थान मोबाइल आयात भएका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म ३९ लाख ५१ हजार थान बराबरको मोबाइल नेपाल भित्रिसकेका छन् । जसका लागि मुलुकबाट १४ अर्ब ६८ करोड रुपियाँ बाहिरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३