close

डीजी स्कूलका कम्प्युटर कोर्ष निःशूल्क, सहभागी हुन यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १२, २०७७ १९:१

डीजी स्कूलका कम्प्युटर कोर्ष निःशूल्क, सहभागी हुन यसो गर्नुहोस्

काठमाडौं । विश्व प्रशिद्ध डीजी स्कूलको कम्प्युटर कोर्ष निःशूल्क गरिएको छ । लकडाउनको समयलाई मध्यनजर गर्दै सफ्ट्वेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि वश्वमै लोकप्रिय र परिस्कृत कम्प्युटर कोर्स “डीजी स्कुल”को कोर्ष निःशूल्क गरेको हो ।

जसमा १ देखि ११ कक्षासम्मका विद्यार्थीले घरमै बसेर बेलायतको कम्प्युटर कोर्स “डीजी स्कूल” पढ्न पाउनेछन् । समसामयिक परिवर्तनसँगै विश्व ‘डिजिटल वर्ल्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्तिको जरुरी छ।

अङ्ग्रेजी जान्नुलाई सिकाइको मानक मानिने परिवेशमा अब प्राविधिक ज्ञान तथा कम्प्युटर (आईटी) सिक्नु निकै जरुरी भइसकेको छ। विद्यालय केन्द्रीत यो पढाई लकडाउनले गर्दा विद्यार्थी घरमै सीमित हुनु परेपछि घरमै बसेर अनलाइनमार्फत सिक्न सकिने व्यवस्था मिलाइएको हो ।

डीजी स्कूलमार्फत कम्प्युटर कोर्ष गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर तथा यहाँ क्लिक गरी ईमेल गरेर भर्ना लिन सक्नेछन्।

के हो डीजी स्कूल ?

बेलायत सरकार मातहत दर्ता भएर विद्यालय तथा उच्च शिक्षा सम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले विद्यालय तहका लागि तयार गरेको कम्प्युटर कोर्ष हो डीजी प्रोग्राम । नेपालमा डीजी स्कूलको रुपमा सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले यो कार्यक्रम नेपाल भित्र्याएको हो ।

डीजी स्कूल कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको छ । एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा “डीजी स्कूल” पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडोकोड, स्क्र्याच, डेटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो एडिटिङ, कम्प्युटर मर्मत लगायतको ज्ञान आर्जन गर्न सक्छन् ।

यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले आफैं सफ्टवेयर निर्माण गर्ने दक्षता राख्न सकिने डीजी स्कूलका प्रोग्राम अफिसर सरोज महतो बताउँछन् । “डीजी स्कुल” का प्रवर्द्धक एनसीसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनका अनुसार यो कार्यक्रम बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा समेत लोकप्रिय रहेको छ ।

यो कोर्ष पढ्ने विद्यार्थीले एनसीसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र समेत पाउने  नोर्टनको भनाई छ । यो कोर्ष लिने मध्ये उत्कृष्ट विद्यार्थीलाई एनसीसी एजुकेसन अन्तर्गत अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देशमा हुने “ग्लोवल एजुकेसन टुर” र “ग्लोवल आईटी कम्पिटिसन”मा सहभागी गराइने नोर्टनले बताएका छन् ।

यो कोर्ष अनलाइन तथा अफलाइन दुवै माध्यमबाट अध्यापन गराइन्छ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आआफ्नै लग ईन हुन्छ । जहाँ विद्यार्थीले गृहकार्य प्राप्त गर्ने र बुझाउने कार्य गर्न सक्छन् ।

यसैको माध्यमबाट शिक्षक र अभिभावकले विद्यार्थीको प्रगति विवरण समेत सजिलै हेर्न सक्छन् । इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन- आईजीसीएसईले समेत  यो कोर्षलाई मान्यता दिएको छ ।

सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार दुई/तीन दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आएजस्तै अब स्कूलदेखि नै प्राविधिक शिक्षाको लहर आउन जरुरी रहेको बताउँछन् । उनी भन्छन्, ‘यही कुराले हामीलाई नेपालमा डीजी स्कूल सुरु गर्न हौस्यायो ।”

विद्यालयले आफ्ना विद्यार्थीका लागि डीजी स्कूल सञ्चालन गर्न चहे अत्यन्तै कम शूल्कमा कोर्षको अध्यापनको प्रबन्ध मिलाइएने बताइएको छ । नेपालमा प्राविधिक शिक्षाको विकास गर्न सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले सन २०१० देखि एनसीसी एजुकेसन बेलायतसँग सहकार्य गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३