close

हङकङमा समेत सिटी एक्सप्रेस मनी ट्रान्सफर, एकहप्तासम्म निःशूल्क

टेकपाना टेकपाना

जेठ १२, २०७७ २०:११

हङकङमा समेत सिटी एक्सप्रेस मनी ट्रान्सफर, एकहप्तासम्म निःशूल्क

काठमाडौं । सिटी एक्सप्रेसले हङकङमा समेत आफ्नो मनि ट्रान्सफर सेवा सुरु गरेको छ । कम्पनी हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेडसँगको सहकार्यमा रेमिट्यान्स कारोबार सुरु गरेको हो ।

अब हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मात सजिलै स्वदेशमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सक्नेछन् ।

यसरी आएको पैसा नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै झिक्न सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङले हस्ताक्षर गरेका छन् ।

सोमबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमलप्रसाद भट्टराईले हङकङबाट नेपाल विप्रेषण पठाएर कारोबारको उदघाटन गरे ।

सेवा सुरु भएको अवसरमा कम्पनीले नेपाल विप्रेषण पठाउदा लाग्ने शूल्क एक हप्ताका लागि निःशूल्क गरेको छ । सिटी एक्सप्रेसले विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३