close

क्यूआरमार्फत ह्वाट्सएपमा सम्पर्क राख्न मिल्ने

टेकपाना टेकपाना

जेठ १३, २०७७ ९:५०

क्यूआरमार्फत ह्वाट्सएपमा सम्पर्क राख्न मिल्ने

काडमाडौं । डिजिटल दुनियाँमा क्यूआर कोडको महत्व छुट्टै छ । तर, युरोपिय सामाजिक सञ्जालहरुले यो प्रविधिलाई खासै प्रयोगमा ल्याएका भने छैनन् ।

यसैबीच ह्वाट्सएपले भने प्रयोगकर्ताको सहजताको लागि क्यूआर कोड प्रयोगमा ल्याउने भएको छ । वेबेटाइन्फोका अनुसार ह्वाट्सएप आफ्नै क्यूआर कोड परीक्षण गरिरहेको छ । जसले प्रयोगकर्तालाई एक अर्कासँग आफ्नो जानकारी शेयर गर्न मद्दत गर्ने उल्लेख गरिएको छ ।

त्यसका लागि ह्वाट्सएपमा क्यूआर कोड र क्यूआर कोड स्क्यानर उपलब्ध हुनेछ । उक्त क्यूआर कोडमा प्रयोगकर्ताको फोन नम्बर, नाम लगायतका जानकारी हुनेछन् । भने, स्क्यानरबाट प्रयोगकर्ताको क्युआर कोड स्क्यान गरी अन्य प्रयोगकर्ताको सम्पर्क नम्बर प्राप्त गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३