close

ह्याकरले सार्वजनिक गरे हरेक आईफोन अनलक गर्न मिल्ने नयाँ ‘जेलब्रेक’

टेकपाना टेकपाना

जेठ १३, २०७७ १३:३३

ह्याकरले सार्वजनिक गरे हरेक आईफोन अनलक गर्न मिल्ने नयाँ ‘जेलब्रेक’

काठमाडौं । एउटा चर्चित आईफोन ह्याकिङ टिमले नयाँ ‘जेलब्रेक’ रिलिज गरेको छ । उक्त जेलब्रेकले सबै किसिमका आईफोनलाई अनलक गर्नसक्छ । यसले अहिलेको नयाँ आईओएस १३.५ मा रन भइरहेको नयाँ मोडलहरुलाई पनि अनलक गर्नसक्छ । 

एप्पलले आफूले प्रमाणित गरेका एप तथा कस्टमाइजेसनलाई मात्र अनुमति दिएर ‘वाल गार्डेन’ विधि अपनाउँदै आएको छ । तर ह्याकरहरु यो वाललाई ब्रेक गर्न चाहन्छन्, जसलाई उनीहरुले जेल नाम दिएका छन् । यसैकारण जेल ब्रेक भनिएको हो । 

अनकभर नामक ह्याकरको टोलीले उक्त नयाँ जेलब्रेक प्याकेज सार्वजनिक गरेको हो  । एप्पलले सुरक्षाको कारण देखाउँदै आफ्ना प्रयोगकर्ताहरुलाई आईफोनमा पुरै नियन्त्रण गर्ने अनुमति बाई डिफल्ट रुपमा दिदैँन । 

जेलब्रेक एक किसिमको कस्टम सफ्टवेयर हो । यसले आईओएस अपरेटिङ सिस्टममा भएको बगलाई प्रयोग गरेर प्रयोगकर्तालाई उनीहरुको डिभाइसमा पूर्ण नियन्त्रण र रुट एक्सेस दिलाउँछ । यसका लागि जेलब्रेकले एप्पलले लागू गरेका सबै प्रतिबन्धलाई तोड्दछ ।

सोमबार बिहान अनकभर टिमले अनकभर ५.०.० सार्वजनिक गरेको हो । यो जेलब्रेकिङ सफ्टवेयरको नयाँ भर्सन हो । यसले सबै आईओएस डिभाइसहरुलाई रुट र अनलक गर्नसक्छ । यसले अहिलेको पछिल्लो आईओएस भी १३.५ लाई पनि अनलक गर्नसक्छ । 

अनकभर ५.०.० ले आईओएस अपरेटिङ सिस्टमभित्रको जिरो डे भल्नरेबिलिटीलाई उपयोग गर्ने हुँदा यो सम्भव भएको हो । किनभने यस्ता जोखिम तथा कमजोरीको विषयमा एप्पललाई थाहा हुँदैन । अनकभरको सदस्य ह्याकर पीडब्लुएन २० डब्लु एण्ड डीले उक्त जिरो डे पत्ता लगाएका हुन् ।

यसअघिका जेलब्रेकहरुले पुरानो भल्नरेबिलिटीलाई प्रयोग गर्दथ्यो । यसकारण त्यसले नयाँ आईओएस भर्सनहरुमा काम गर्न सक्दैन थियो । आफ्नो स्मार्टफोनको जेलब्रेक गर्न चाहने प्रयोगकर्ताहरुले आउटडेट डिभाइस प्रयोग गर्नुपर्ने हुन्थ्यो । 

यो नयाँ जेलब्रेकलाई आईओएसदेखि म्याकओएस, लिनक्स र विण्डोजको डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्ने विधि यहाँ राखिएको छ । तर सुरक्षा विज्ञहरुले प्रयोगकर्तालाई जेलब्रेकिङ प्रयोग नगर्न सुझाव दिएका छन् ।

यसले डिभाइसलाई माल्वेयर तथा अन्य किसिमका अट्याकहरुको जोखिममा पुर्‍याउन सक्छ । तर ह्याकर टिमले भने यसले डिभाइसको सुरक्षामा असर नपुर्‍याउने बताउँदै आएको छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३