close

स्टार्टअपलाई आवश्यक पूँजी संकलनमा सघाउने एनआईबीएल एस क्यापिटलको योजना

टेकपाना टेकपाना

जेठ १३, २०७७ १४:३९

स्टार्टअपलाई आवश्यक पूँजी संकलनमा सघाउने एनआईबीएल एस क्यापिटलको योजना

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले स्टार्टअप तथा उद्यमशीलताका लागि लिमिटेडले दुई नयाँ एड्भाइजरी प्रडक्ट सार्वजनिक गरेको छ । कोभिड १९ महामारी र लकडाउनको कारण प्रभावित भएका स्टार्टअप व्यवसाय तथा उद्यमशी कम्पनीलाई लक्षित गर्दै यी नयाँ अफर सार्वजनिक गरिएको हो । 

व्यवसायीक जीवनमा अवसर र चुनाैती दुवैलाई उत्तिकै महत्वका साथ सामना गर्नुपर्ने हुन्छ । अवसरको फाइदा लिएर अनि चुनाैतीलाई चिर्नु नै सही रणनीतिक योजना हो । 

अहिले विश्वले झेलिरहेको कोभिड १९ बाट व्यवसायीक वातावरणमाथि ठूलो चुनौती खडा गरेको छ । यस्ता चुनाैतीको सामना गर्न तथा व्यवसायमाथि कोभिड १९ ले पारिरहेको असरलाई कम गर्ने योजनाका साथ एस क्यापिटल लिमिटेडले ल्याएको एउटा प्रडक्ट हो, विजनेस एसेसमेन्ट एण्ड इम्प्याक्ट एनालिसिस । 

जसले कम्पनीको व्यवसायको मूल्यांकन गरेर समस्याको वैकल्पिक समाधानका लागि सुझाव दिने र व्यवसायका लागि आवश्यक पूँजी जुटाउन सहयोग गर्छ । कोभिड १९ को महामारी र महिनाैं लामो लकडाउनबीचै पनि विभिन्न किसिमका नयाँ व्यवसायिक आइडियाहरु सिर्जना भएका छन् ।

तर वित्तीय अभावका कारण त्यस्ता आइडियाहरु मस्तिष्कभित्रै सीमित भएर बसेका हुन सक्छन् ।यसै संभावनालाई मध्यनजर गर्दै एनआइबीएल एस क्यापिटल लिमिटेडले स्टार्टअप सेटअप र पूँजी लगानीका लागि अर्को प्रडक्ट समेत तयार पारेको छ ।

‘स्टार्टअप सेट अप एण्ड क्यापिटल फण्डिङ’ नाम दिइएको यो अर्को एड्भाइजरी प्रडक्टले आइडिया र वित्तीय आवश्यकताबीच सेतुको रुपमा काम गर्ने अपेक्षा गरिएको छ । एनआईबीएल एस क्यापिटल लिमिटेडको यो प्रडक्टले बजार विश्लेषण, वित्तीय  सम्भाव्यता तथा पूँजी संकलनमा सयोग गर्नेछ । 

एड्भाइजरी सेवाको अलावा एनआईबीएल एस क्यापिटल लिमिटेडले कोष व्यवस्थापनमा समेत सहयोग उपलब्ध गरउँदै आएको छ । जसमा एनआईबीएल समृद्धि फण्ड वान, एनआईबीएल प्रगति फण्ड र नेपालकै पहिलो खुल्ला म्युचुअल फण्ड: एनआईबीएल सहभागिता फण्ड तथा फोर्टफोलियो व्यवस्थापन सेवा रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३