close

स्मार्टको डेटामा भ्वाइस कल निःशूल्क

टेकपाना टेकपाना

जेठ १३, २०७७ १५:४३

स्मार्टको डेटामा भ्वाइस कल निःशूल्क

काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले डेटा प्याक खरीद गर्ने ग्राहकहरुका लागि निःशूल्क रुपमा अनलिमिटेड भ्वाइस कल उपलब्ध गराउने गराउने भएको हो ।

कम्पनीको योजनाअनुसार ३ जीबीको साप्ताहिक डेटा प्याक खरीद गर्ने प्रयोगकर्ताले प्याक अवधिभरका लागि निःशूल्क भ्वाइस कलको सुविधा पाउनेछन् । यद्यपी यस्तो भ्वाइसकल स्मार्ट देखि स्मार्टकै नम्बरमा मात्रै मान्य हुने कम्पनीले जनाएको छ ।

यो अफरलाई विक्ली कम्बो प्याक नाम दिएको कम्पनीले त्यसका लागि कर बाहेक ७६.७५ रुपैयाँ मूल्य राखेको छ । *१४१*७*२*१# डायल गरी स्मार्ट टेलिकमका प्रयोगकर्ताले यो प्याक खरीद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३