close

नासा र स्पेस एक्स पहिलो अन्तरीक्ष यात्री सहितको यान प्रक्षेपणको अन्तिम चरणमा

टेकपाना टेकपाना

जेठ १३, २०७७ १६:५७

नासा र स्पेस एक्स पहिलो अन्तरीक्ष यात्री सहितको यान प्रक्षेपणको अन्तिम चरणमा

काठमाडौं । स्पेस एक्सको फाल्कन नाइन र क्रु ड्रागन अन्तरीक्ष यान उडानका लागि तयारी अवस्थामा पुगेको छ । उक्त यानको अनबोर्डमा नासाका अन्तरीक्ष यात्री डग हर्ले र बब बेन्केन रहनेछन् ।

सो यान अन्तर्राष्ट्रिय स्पेस स्टेसन आईएसएसमा प्रक्षेपण हुनेछ । स्पेसएक्सले नासासँगको सहकार्यमा यो क्षणका लागि सन् २०१० देखि नै तयारी गर्दै आएको थियो । 

दुवै संस्थाले यानको अन्तिम उडान तयारीको रिभ्यूलाई औपचारिकरुपमा पारित गरिसकेको घोषणा गरेका छन् । अब यान उडानको लागि अन्तिम चरणमा छ ।

नासाको कमर्शियल क्रु प्रोग्राम म्यानेजर केथी लिउडले सोमबार पत्रकार सम्मेलनमा बताए अनुसार यान प्रेक्षेपण अघिका पूर्व तयारी, प्राविधिक परीक्षण, प्रक्षेपण तयारीका लागि दुवै अन्तरीक्ष यात्रीहरुको ड्रेस रिहर्सल सवै सफलतापूर्वक सम्पन्न भइसकेको छ । 

हालका लागि यान प्रक्षेपणको एउटै मात्र अवरोध मौसम हुनेछ । यानलाई मे २७ बुधबार साँझको ४:३३  ईडीटीमा प्रक्षेपण गर्ने तालिका छ ।

तर उक्त मिति तथा समयमा वातावरण अनुकूलता ४० प्रतिशत मात्र हुने देखिएको छ । तर यान प्रक्षेपणका लागि मे ३० र ३१ को अर्को ब्याकअप मिति पनि रहेको जनाइएको छ ।

अमेरिकाले २०११ मा अल्टान्टिस सटल यानको माध्यमबाट अन्तरीक्षमा मानव क्रु सहितको मिसन सम्पन्न गरेपछिको  फाल्कन नाइन नै अमेरिकाको पहिलो क्रु मिसन हो ।  यससँगै स्पेसएक्स पृथ्वीको अर्बिटमा अन्तरीक्ष यात्री उतार्ने पहिलो निजी कम्पनी बन्नेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३