close

रमाउँदै-सिक्दै नगद जित्न मिल्ने क्यास क्वीज एप, २ सातामै १५ हजार डाउनलोड

टेकपाना टेकपाना

जेठ १४, २०७७ १०:५१

रमाउँदै-सिक्दै नगद जित्न मिल्ने क्यास क्वीज एप, २ सातामै १५ हजार डाउनलोड

काठमाडौं । लकडाउनमा घरमै बसिरहेकाहरुको ज्ञान बढाउने उद्देश्यका साथ ‘क्यास क्वीज’ एप सार्वजनिक भएको छ । होम सर्भिस नेपालले इन्नोभेशन वेभ ग्रुपसँगको सहकार्यमा यो एप निर्माण गरिएको हो ।

यो एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने अपेक्षा लिइएको छ । मनोरञ्जन र ज्ञानसँगै नगद उपहार समेत जित्न सक्ने गरी ‘क्वीज खेलौं, नगद जितौं’ योजना सहित मोबाइल एप सार्वजनिक गरिएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए ।

लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेका हरुका लागि यो एप उपयोगी हुने श्रेष्ठको भनाई छ । क्यास क्वीजमा सहभागी भएर जितेको नगद मोबाइल रिचार्ज तथा टपअप लगायतका कार्यमा प्रयोग गर्न सकिने छ ।

एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । केही समय पश्चात नगद उपहारको सीमा ५० हजार रुपैँयासम्म पुर्‍याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हाललाई यो एप गूगल प्ले स्टोरमा मात्र उपलब्ध छ । सार्वजनिक भएको दुई हप्ताको अवधिमा मात्रै १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

विशेषगरी विद्यालय तथा कलेजका विद्यार्थीकोहरुको सहभागीता धेरै देखिएको इन्नोभेसन वेब ग्रुपका प्रबन्ध निर्देशक दीपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्वीजको युट्युव च्यानलमा राखिएका क्वीज सम्बन्धी भिडियोमा अधिकांश प्रश्नोत्तरलाई समेटिएको छ ।

च्यानलको भिडियो हेर्नेहरुलाई क्वीजमा सहभागी हुन धेरै सहज हुनेछ । हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागी हुनेहरुले मात्र नगद उपहार जित्नसक्ने कम्पनीले जनाएको छ ।

अन्य समयमा भने अभ्यास मोडमा क्वीज गेम खेल्न सकिन्छ । अहिले दिनको दुई पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्वीजमा सोधिएका प्रश्नको जवाफ दश सेकेन्डभित्र दिनुपर्ने हुन्छ ।

जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । दश वटा प्रश्न सोधिने खेलमा आठौं प्रश्नसम्म दुई पटक लाइफलाइन प्रयोग गर्न सकिन्छ ।

क्यास क्वीजमा सोधिएका दश वटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गर्ने गरिएको छ । दुई वा दुईभन्दा बढी सहभागीले दश वटै प्रश्नको सही जवाफ दिएमा तोकिएको नगद उपहार सबैलाई बराबर वितरण गरिने उल्लेख गरिएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३