close

वर्ल्डलिङ्कको नयाँ अफरः फास्ट स्पीडदेखि मूल्यमा आकर्षक छूटसम्म

टेकपाना टेकपाना

जेठ १४, २०७७ ११:१८

वर्ल्डलिङ्कको नयाँ अफरः फास्ट स्पीडदेखि मूल्यमा आकर्षक छूटसम्म

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले प्रयोगकर्ताका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा थप स्पीडदेखि प्याकेजमा छूट दिने सम्मको योजना ल्याएको हो ।

कम्पनीका अनुसार हाल मासिक (वर्षभरको प्याकेजमा) १२५० रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट लिएका ग्राहकलाई सोही मूल्यमा ३० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइनेछ । तर त्यसका लागि एक वर्षको प्याकेज लिनुपर्ने कम्पनीले जनाएको छ ।

यो प्याकेजका लागि एक महिनाको प्याकेज लिने ग्राहकलाई १५५० रुपैयाँ र तीन महिनाको प्याकेज लिनेलाई १५०० प्रति महिना पर्नेछ ।

यसैगरी प्रति महिना २७ सय रुपैयाँमा ६० एमबीपीएस गतिको इन्टरनेट प्याकेज लिएका ग्राहकले पाँच सय रुपैयाँ छूट पाउने छन् ।

जसमा कम्पनीको सबैभन्दा फास्ट इन्टरनेट प्याकेजको रुपमा रहेको ६० एमबीपीएस गतिको इन्टरनेट अब केवल २२ सय रुपैयाँमा प्राप्त हुनेछ । तीन महिना तथा एक वर्षका लागि यो प्याकेज लिने ग्राहकले थप सस्तोमा इन्टरनेट पाउन सक्नेछन् ।

जसअनुसार तीन महिनाका लागि प्रति महिना २१५० रुपैयाँ तथा एक वर्षका लागि प्रति महिना १८३३ रुपैयाँ मात्र लाग्नेछ ।

दुवै इन्टरनेट प्याकेजमा कम्पनीले नेट टीभी निःशूल्क गरेको छ । जसमा सयभन्दा बढी एचडी च्यानल तथा १५० भन्दा बढी एसडी च्यानल रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३