close

दोस्रो धेरै नाफा कमाउने सरकारी संस्थानमा टेलिकम, प्रतिशेयर आम्दानी घट्यो

टेकपाना टेकपाना

जेठ १४, २०७७ १२:४३

दोस्रो धेरै नाफा कमाउने सरकारी संस्थानमा टेलिकम, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । सरकारका कूल ४४ संस्थानहरुमध्ये नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सर्वाधिक नाफा कमाउनेमा दोस्रो नम्बरमा परेको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपाल टेलिकमको खुद नाफा ९ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

सूचीको पहिलो नम्बरमा भने नेपाल विद्युत प्राधिकरण छ । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।

सो अवधिमा नेपाल टेलिकमको सञ्चालन आय अघिल्लो आवको तुलनमा ५.५२ प्रतिशतले घटेको जनाइएको छ । टेलिकमको आव २०७५/७६ मा सञ्चालन आय ३६ अर्ब ८६ करोड ७६ लाख रहेको छ ।

आव २०७५/७६ का आधारमा शेयर बजारमा सूचिकृत संस्थानको बजार पूँजीकरणमा भने नेपाल टेलिकम सबैभन्दा अघि रहेको छ । प्रतिवेदनका अनुसार एक खर्ब तीन अर्ब ९५ करोड रुपैयाँका साथ बजार पूँजीकरणमा एक खर्ब नाघ्ने कम्पनीमा नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।

तर, २०७५ को असार मसान्तभन्दा २०७६ असार मसान्तमा नेपाल टेलिकमको प्रतिशेयर आम्दानी भने घटेको छ । जसले गर्दा कम्पनीको बजार पूँजीकरण २०७५ को असार मसान्तभन्दा कम भएको छ ।

प्रतिवेदन अनुसार २०७५ को असार मसान्तसम्म टेलिकमको बजार पूँजीकरण १ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१