close

भारतको कोरोना ट्रेसिङ एपको सोर्स कोड सार्वजनिक

टेकपाना टेकपाना

जेठ १४, २०७७ १७:५८

भारतको कोरोना ट्रेसिङ एपको सोर्स कोड सार्वजनिक

काठमाडौं । भारतले आफ्नो कन्ट्याक्ट ट्रेसिङ एप आरोग्य सेतुको सोर्स कोड सार्वजनिक गरेको छ । गत अप्रिलमा सार्वजनिक भएयता सुरक्षा विज्ञहरुले यसको गोपनियतालाई लिएर चिन्ता व्यक्त गर्दै आइरहेका थिए । 

मंगलबार विद्युत तथा सूचना प्रविधि मन्त्रालयका सचिव अजयप्रकाश सावनीले एपको सोर्सकोड सार्वजनिक गरिएको बताएका हुन् । उक्त कदमलाई उनले आरोग्य सेतुको मुटु खोलेको रुपमा अर्थ्याएका छन् । 

आरोग्य सेतु एन्ड्रोइड एपको सोर्स कोड मंगलबार मध्यराती गिट हबमा सार्वजनिक भएको थियो । यस्तै आईओएस तथा आईओएस प्लेटफर्मको लागि सोर्स कोड केही हप्तामा सार्वजनिक हुने मन्त्रालयले जनाएको छ । 

करिब ९८ प्रतिशत प्रयोगकर्ताहरुले एन्ड्रोइड प्लेटफर्ममा आरोग्य सेतु एप प्रयोग गर्दै आएका छन् । भारत सरकारले एपभित्र बग वा कमजोर पहिचान गरेर रिपोर्टिङ गर्ने विज्ञहरुलाई १,३२५ डलरसम्मको रकम पुरस्कार दिने घोषणा समेत गरेको छ ।

उक्त एपमा केही सुरक्षा समस्या देखिएपछि प्रतिपक्षी दल तथा सुरक्षा विज्ञहरुले उक्त एपको सोर्स कोड सार्वजनिक अडिटिङका लागि खुल्ला गर्न दबाव दिदैँ आएको थिए ।

सरकारले आरोग्य सेतुको कोड इंजिनियरहरुलाई निरीक्षण गर्न तथा त्यसभित्रका कमजोरीलाई सुधार गर्न अनुमति दिनेछ ।  उक्त एपमा दुई महिनाभन्दा कम समयमा ११ करोड ४० लाख प्रयोगकर्ता पुगिसकेका छन् ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१