काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टलाई पहिलो पटक ट्वीटरले फ्याक्ट चेकिङ लेबल दिएको छ ।
भ्रामक जानकारीलाई नियन्त्रण गर्नका लागि ट्वीटरले आफ्नो नयाँ नीति अन्तर्गत ट्वीटर पोस्टमा वार्निङ लेबल राख्न सुरु गरेको हो ।
आफ्नो पोस्टमा त्यस प्रकारको लेबल लगाइएपछि ट्रम्पले ट्वीटरले अभिव्यक्ति स्वत्नत्रतालाई दबाएको आरोप लगाएका छन् । ट्वीटरले राष्ट्रपति ट्रम्पको पोस्ट मुनी निलो अक्षरमा विस्मय सूचक सहित वार्निङ लेबल राखिदिएको छ ।
ट्वीटरको उक्त निलो वार्निङ लेबलको लिंकले प्रयोगकर्ताहरुलाई एउटा पेजमा लिएर जान्छ, जहाँ राष्ट्रपति ट्रम्पको अभिव्यतिमा सत्यता नभएको उल्लेख छ ।
ट्वीटरले वार्निङ बारे आफ्नो नीतिलाई गत महिना अपडेट गरेको थियो । तर उसले अमेरिकी राष्ट्रपति विरुद्ध ढिलो गरी एक्सन लिएको हो ।