close

विश्वका धनाढ्य झन् धनी बन्दै, यी हुन् महामारीबीच मालामाल भएका २५ डलर अर्बपति

टेकपाना टेकपाना

जेठ १५, २०७७ १०:४५

विश्वका धनाढ्य झन् धनी बन्दै, यी हुन् महामारीबीच मालामाल भएका २५ डलर अर्बपति

काठमाडाैं । अहिले विश्वका सुपर धनाढ्यहरुले पछिल्लो दुई महिनाको अवधिमा अझ धेरै सम्पत्ति थुपारेका छन् । फोर्ब्सको सूचीमा रहेका २५ धनाढ्यहरुले यो दुई महिनाको महामारीबीच दुई खर्ब ५५ अर्ब डलरको सम्पत्ति थुपारेका छन् ।

यसअवधिमा महामारीका कारण अमेरिकी स्टक बजार पनि ग्रसित भएको थियो ।  फोर्ब्सको सूचीमा अटाउने यी २५ धनाढ्यहरुमध्ये फोर्ब्स ती धनाढ्यहरुमा विशेष केन्द्रीत रहेको छ, जसको भाग्य सार्वजिनक स्टकले गर्दा चम्किएको छ ।

त्यस्ता कम्पनीहरुको समग्र पब्लिक स्टक मूल्य १५ खर्ब डलर रहेको छ । विश्वका धनाढ्यहरुको कूल सम्पत्तिको यो १६ प्रतिशत हो । यो सूचीमा सबैभन्दा धेरै फेसबुकका सीईओ मार्क जुकरबर्गले कमाएका छन् ।

वितेको दुई महिनामा फेसबुकको शेयर ६० प्रतिशतले वृद्धि भएको छ । गत मे २२ मा कम्पनीको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

फेसबुकले बुधबार शप नामक नयाँ अनलाइन प्लेटफर्म सार्वजनिक गरेपछि लगानीकर्ताहरुले कम्पनीप्रति सकरात्मक प्रतिक्रिया दिएका थिए । हाल जुकरबर्गको कूल सम्पत्ति साढे ८६ अर्ब डलर पुगेको छ ।

यससँगै उनी विश्वका चौंथो धनाढ्य बनेका छन् । फोर्ब्सको २०२० को सूचीमा साताैं स्थानमा रहेका उनले केवल दुई महिनाको अवधिमा अन्य तीनजना धनाढ्यलाई पछाडि पार्दै चौंथो स्थानमा पुगेको अप्रिलमा सार्वजनिक भएको रिपोर्टले देखाएको छ । 

३६ वर्षिया जुकरबर्ग अहिले वारेन बफेट र इन्डिटेक्सका संस्थापक अमेनसियो ओरटेगा र ओराकलका सहसंस्थापक ल्यारी इलिसनभन्दा अगाडि आएका छन् । 

अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस यस अवधिमा दोस्रो धेरै सम्पत्ति जम्मा गर्ने व्यक्ति बनेका छन् । मार्च यता कम्पनीको स्टक मूल्य २९ प्रतिशतले बढेको छ ।

शुक्रबारसम्ममा बेजोसको सम्पत्ति २६ प्रतिशत अर्थात् ३० अर्ब डलरले बढेर १ खर्ब ४६ अर्ब ९० करोड डलर पुगेको छ । 

यस्तै ठूलो सम्पत्ति जोड्न सफल अर्का व्यक्ति हुन् चीनको अलिबाबा पछिको दोस्रो ठूलो अनलाइन मार्केट प्लेटफर्म पिण्डुओडुओका संस्थापक कोलिन झेङ हुवाङ । मार्च २३ पछि ४० वर्षे हुवाङले १७ अर्ब ९० करोड डलर संकलन गरेका छन् ।

अहिले उनी चीनको तेस्रो धनाढ्य व्यक्ति बनेका छन् । उनको कूल सम्पत्ति ३५ अर्ब ६० करोड डलर पुगेको छ । अर्का धनाढ्य हुन् मुकेश अम्बानी ।

फेसबुकले मुम्बईमा आधारित उनको रिलायन्स जियो टेलिकम कम्पनीमा पाँच अर्ब ७० करोड डलर लगानी गर्ने घोषणा गरेपछि अप्रिलमा उनी एसियाकै सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् ।

त्यसयता कम्पनीले गत शुक्रबार केकेआर प्राइभेट इक्युटी कम्पनीबाट डेढ अर्ब डलरको शेयर संकलन गरेको छ र अघिल्लो महिना लगानीकर्ता कम्पनी सिल्भर लेकबाट ७५ करोड डलरको लगानी जुटाएको छ ।

एक महिनाभन्दा कम समयमा कम्पनीले १० अर्ब डलरको ताजा पूँजी संकलन गर्न सफल देखियो । अम्बानीको कूल सम्पत्ति अहिले ५२ अर्ब ७० करोड डलर पुगेको छ । उनले करिब २० अर्ब डलर सम्पत्ति नयाँ बजारबाट संकलन गरेका हुन् । 

सार्वजनिक स्टक खोलेका प्राविधिक कम्पनीहरुले यो महामारीबीच पनि राम्रो कमाई गरिरहेका छन् । धेरै जसो प्रविधि कम्पनीहरु समावेश रहेको न्यासड्याक कम्पोजिट इन्डेक्सको शेयर बजारको ग्राफ यसअघिका महिनाहरुभन्दा सकरात्मक देखिएको छ ।

मार्च २३ यता यो ३७ प्रतिशतले बढेको छ । यसबीच एसएनपी ५०० र डो जोन्स ३१ प्रतिशतले वृद्धि भएका छन् । मार्च २३ पछि शिर्ष २५ सूचीभित्रका एकजनाले पनि महामारीसँग सम्झौता गर्नु परेको छैन ।

जिम, एलिस र रोबर्ट वाल्टन जस्ता धनाढ्यहरुको सम्पत्ति कम प्रतिशतले बढेको छ । तर यी सबैले ३ अर्ब ६० करोड डलरभन्दा माथिको वृद्धि हासिल गरेका छन् । 

मध्य अप्रिलमा वालमार्टको शेयर मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । गत मंगलबार वालमार्ट कम्पनीको चाैमासिक आम्दानी १० प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब ६० करोड डलर पुगेको छ ।

अनलाइन बिक्री ७४ प्रतिशले बढेको थियो । तर मध्य मार्चयता अमेरिकामा बेरोजगारी संख्या तीन करोड ९० लाख पुगेको छ । यसले एक चाैथाई अमेरिकी श्रमशक्तिलाई प्रभाव पारेको छ ।

१. जेफ बेजोस

अमेरिकी नागरिक अमेजनका मालिक जेफको सम्पत्ति २९ अर्ब ९० करोड डलरले बढेर एक खर्ब ४६ अर्ब ९० करोड डलर पुगेको छ । 

२. बिल गेट्स

अमेरिकी नागरिक माइक्रोसफ्टका मालिक बिल गेट्सको सम्पत्ति ११ अर्ब ९० करोड डलरले बढेर एक खर्ब ६ अर्ब ५० करोड डलर पुगेको छ । 

३. बर्नर्ड आर्नल्ट

Luxury Goods Titan Bernard Arnault Becomes World's Third $100 ...

फ्रान्सेली नागरिक एलभीएमएचका मालिक बर्नर्ड आर्नल्टको सम्पत्ति १२ अर्ब ८० करोड डलरले बढेर ९४ अर्ब १० करोड डलर पुगेको छ । 

४. मार्क जुकरबर्ग

Facebook's Zuckerberg defends actions on virus misinformation ...

अमेरिकी नागरिक फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति ३१ अर्ब ४० करोड डलरले बढेर ८६ अर्ब ५० करोड डलर पुगेको छ । 

 ५. वारेन बफेट

Coronavirus: Why is Warren Buffett so quiet? - The National

अमेरिकी नागरिक वर्कशायर हाथवेका मालिक वारेन बफेटको सम्पत्ति ६ अर्ब डलरले बढेर ६९ अर्ब २० करोड डलर पुगेको छ ।

६. ल्यारी एलिसन

Pin on World's Richest

अमेरिकी नागरिक सफ्टवेयरका मालिक ल्यारी एलिसनको सम्पत्ति १० अर्ब ४० करोड डलरले बढेर ६६ अर्ब ४० करोड डलर पुगेको छ । 

७. स्टिभ बालमर

Steve Ballmer still does not know what he did wrong with mobile ...

अमेरिकी नागरिक माइक्रोसफ्टका लगानीकर्ता स्टिभ बालमरको सम्पत्ति १४ अर्ब डलरले बढेर ६५ अर्ब ४० करोड डलर पुगेको छ ।

८. ल्यारी पेज

Larry Page steps down as CEO of Alphabet, Sundar Pichai to take over

अमेरिकी नागरिक गूगलका ल्यारी पेजको सम्पत्ति १४ अर्ब २० करोड डलरले बढेर ६३ अर्ब ६० करोड डलर पुगेको छ । 

 ९. सेर्गे ब्रिन

Google co-founder Sergey Brin says he's mining Ethereum too - CNET

अमेरिकी नागरिक गूगलका सेर्गे ब्रिनको सम्पत्ति १३ अर्ब ७० करोड डलरले बढेर ६१ अर्ब ३० करोड डलर पुगेको छ । 

१०. अमेनसियो ओरटेगा

Amancio Ortega Became the Richest Man in the World - Novinite.com ...

स्पेनका नागरिक जाराका अमेनसियो ओरटेगाको सम्पत्ति ५ अर्ब २० करोड डलरले बढेर ६० अर्ब ५० करोड डलर पुगेको छ । 

११. जिम वाल्टन

Jim Walton Net Worth » Dfives

अमेरिकी नागरिक वालमार्टका जिम वाल्टनको सम्पत्ति ३ अर्ब ६० करोड डलरले बढेर ५५ अर्ब २० करोड डलर पुगेको छ । 

१२. एलिस वाल्टन 

Alice Walton wins 2020 Getty Medal - Arkansas Times

अमेरिकी नागरिक वालमार्टकी एलिस वाल्टनको सम्पत्ति ३ अर्ब ६० करोड डलरले बढेर ५५ अर्ब डलर पुगेको छ । 

१३. रोब वाल्टन 

Former Wal-Mart chairman Rob Walton unloads 62 million dollars shares

अमेरिकी नागरिक वालमार्टका रोब वाल्टनको सम्पत्ति ३ अर्ब ६० करोड डलरले बढेर ५४ अर्ब ८० करोड डलर पुगेको छ । 

१४. फ्रांकोज बिटनकोर्ट मेयर्स 

फ्रान्सेली नागरिक लोरियलका फ्रांकोज बिटनकोर्ट मेयर्सको सम्पत्ति ६ अर्ब ४० करोड डलरले बढेर ५४ अर्ब २० करोड डलर पुगेको छ ।

१५. मुकेश अम्बानी 

भारतीय नागरिक रियलायन्स जियोका मालिक मुकेश अम्बानीको सम्पत्ति १९ अर्ब ९० करोड डलरले बढेर ५२ अर्ब ७० करोड डलर पुगेको छ ।  

१६. कार्लोस स्लिम हेलू 

मेक्सिकन नागरिक टेलिकम क्षेत्रका कार्लोस स्लिम हेलुको सम्पत्ति ४ अर्ब २० करोड डलरले बढेर ५१ अर्ब २० करोड डलर पुगेको छ । 

१७. मेकेन्जी बेजोस 

अमेरिकी नागरिक अमेजनकी म्याकेन्जी बेजोसको सम्पत्ति १० अर्ब ४० करोड डलरले बढेर ४७ अर्ब ८० करोड डलर पुगेको छ । 

१८. मा हुवाटेङ 

चिनियाँ नागरिक इन्टरनेट मिडियाका मा हुवाटेङको सम्पत्ति ६ अर्ब ८० करोड डलरले बढेर ४६ अर्ब ४० करोड डलर पुगेको छ । 

१९. ज्याक मा 

चिनियाँ नागरिक अलिबाबा ईकमर्शका संस्थापक ज्याक माको सम्पत्ति ३ अर्ब डलरले बढेर ४१ अर्ब ३० करोड डलर पुगेको छ । 

२०. फिल नाइट

अमेरिकी नागरिक नाइकका फिल नाइटको सम्पत्ति ९ अर्ब ९० करोड डलरले बढेर ३७ अर्ब ७० करोड डलर पुगेको छ । 

२१. एलोन मस्क

अमेरिकी नागरिक टेस्ला मोटर तथा स्पेसएक्सका एलोन मस्कको सम्पत्ति ९ अर्ब ५० करोड डलरले बढेर ३६ अर्ब ७० करोड डलर पुगेको छ । 

२२. कोलिन झेङ हुवाङ 

चिनियाँ नागरिक ईकमर्शका कोलिन झेङ हुवाङको सम्पत्ति १७ अर्ब ९० करोड डलरले बढेर ३५ अर्ब ६० करोड डलर पुगेको छ । 

२३. फ्रान्कोज पिनल्ट

फ्रान्सेली नागरिक लक्जरी गुड्सका फ्रान्कोज पिनल्टको सम्पत्ति २ अर्ब १० करोड डलरले बढेर ३१ अर्ब ८० करोड डलर पुगेको छ ।

२४. सेल्डोन एडलसन 

अमेरिकी नागरिक क्यासिनोसका सेल्डोन एडलसनको सम्पत्ति १ अर्ब ४० करोड डलरले बढेर ३० अर्ब ७० करोड डलर पुगेको छ ।

२५. माइकल डेल

अमेरिकी नागरिक डेल कम्प्युटरका माइकल डेलको सम्पत्ति ३ अर्ब ५० करोड डलरले बढेर २८ अर्ब ३० करोड डलर पुगेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१