close

कुराकारी गर्न तयार रहेको देखाउने फेसबुकको नयाँ क्याचअप एप

टेकपाना टेकपाना

जेठ १५, २०७७ ८:४५

कुराकारी गर्न तयार रहेको देखाउने फेसबुकको नयाँ क्याचअप एप

काठमाडौं । फेसबुकको आन्तरिक रिसर्च तथा डेभलपमेन्ट ग्रुप एनपीई टोलीले क्याच अप नामक नयाँ एप सार्वजनिक गरेको छ । उक्त एप हालका लागि अमेरिकामा मात्र चल्नेछ ।

उक्त एपले आठजनासम्मलाई ग्रुप फोन कलमा समावेश गराउँछ । आजको समयमा हामीकहाँ प्रशस्त ग्रुप च्याट प्लेटफर्महरु छन्, तर यो एप विशेष छ । 

यस एपमार्फत अडियो कल मात्र गर्न सकिन्छ र प्रयोगकर्ताहरु अनलाइन आएको समयमा यसले जानकारी गराउँछ । 

साथै यो एप प्रयोग गर्न तपाईंसँग फेसबुक अकाउन्ट हुन जरुरी छैन । तपाईं आफ्नो फोनको कन्ट्याक्ट लिस्टबाटै साथीहरुसँग जोडिन सक्नुहुन्छ । 

क्याचअप एप हाउस पार्टी एपबाट प्रेरित भएको जस्तो देखिन्छ । क्याचअप एपमा प्रयोगकर्ताहरुले आफूलाई जो कसैले डिस्टर्ब गर्ला भनेर दिक्क मान्नु पर्दैन ।

यसमा तपाईंले आफू कुरा गर्न इच्छुक भएको नभएको मोड एपमै सेट गर्न सक्नुहुन्छ । यस्तै यदि तपाईं कुरा गर्न इच्छुक हुनुहुन्छ भने तपाईंको एपको होम स्क्रीनको माथिको सेक्सनमा ‘रेडी टु टक’ भनेर देखाइन्छ ।

यो अफलाइन प्रयोगकर्ता तथा सबै कन्ट्याक्ट लिस्टका साथीहरुले देख्न सक्छन् । यदि तपाईं फोन कलमा कुरा गर्न चाहनुहुन्न र आफूलाई कसैले डिस्टर्ब नगरोस् भनेर चाहनु हुन्छ भने यो एप तपाईंको राम्रो प्लेटफर्म बन्नसक्छ ।

तपाईंले रिसिभ गर्न नचाहेका कलहरु सबै भ्वाइस मेलमा गएर बस्छन् । फेसबुकले उक्त क्याचअप कलको आइडिया लकडाउन अघिदेखि आइरहेको तर एनपीई टिमले उक्त आइडियालाई लकडाउनभित्रै मूर्त रुप दिएको बताएको छ । 

क्याचअप अमेरिकामा परिक्षणको क्रममा छ । केही समयका लागि यो अमेरिका भन्दा बाहिर सार्वजनिक हुनेछैन । यो एप आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । 

एप डाउनलोड गर्न आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१