close

टिकटक प्रयोगकर्ताको उदाहरणीय काम, लाइभबाट संकलित २ लाख धुर्मुस सुन्तली फाउण्डेसनलाई

टेकपाना टेकपाना

जेठ १५, २०७७ १६:२०

टिकटक प्रयोगकर्ताको उदाहरणीय काम, लाइभबाट संकलित २ लाख धुर्मुस सुन्तली फाउण्डेसनलाई

काठमाडौं । टिकटक प्रयोगकर्ता सृजनकुमार भट्टराईले धुर्मुस सुन्तली फाउण्डेसनलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले टिकटक लाइभ मार्फत संकलन गरेको रकम सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।

काठमाडौं पुरानो बानेश्वरका भट्टराईले कोरोना प्रभावितहरुको लागि टिकटक लाइभ बाट सड्ढलन गरेको एक लाख ६० हजार रुपैंया र वृद्धबालक टिकटक ग्रुपको तर्फबाट संकलित ४० हजार रुपैयाँ गरी दुई लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका हुन् ।

फाउण्डेसनले सहयोग प्रति आभार व्यक्त गरेको छ । महामारीको समयमा घरमै सुरक्षित बस्न आग्रह गर्दै कोरोना भाइरस बाट आफ्ना र अरुलाई समेत बचाउन फाउण्डेसनले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१