close

कृषकका लागि मोबाइल एप

टेकपाना टेकपाना

जेठ १५, २०७७ १६:५३

कृषकका लागि मोबाइल एप

काठमाडौं । सरकारले कृषकहरुका लागि आवश्यक सूचना दिने गरी मोबाइल एप ल्याउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

एपमार्फत मौसम, बिऊ बिजन, खेती प्रविधि र बजार मूल्य लगायतकाे जानकारी दिइने अर्थमन्त्री खतिवडाले बताएका छन् । मौसम सम्बन्धी पूर्व जानकारी दिन दुई वटा राडार थप गरिनेछ । मोबाइल एपले कृषिको उत्पादन तथा बजारको जोखिम समेत कम गर्ने मन्त्री खतिवडाको भनाई थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१