२०७९, १ भाद्र बुधबार   |  
Wednesday 17th August 2022

इन्टरनेटको दूरसञ्चार सेवा शूल्कमा ५० प्रतिशत छूट

काठमाडौं । सरकारले इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शूल्कमा छूट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार इन्टरनेट सेवाप्रदायकले दिने फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशत सम्मको मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छूट दिइने छ । गत वर्षको बजेट मार्फत टेलिफोन सेवामा ११ प्रतिशत र इन्टरनेट सेवामा शून्य रहेको दूरसञ्चार सेवा शूल्क १३ प्रतिशत पुर्‍याइएको थियो ।

अब इन्टरनेट सेवा शूल्कको ५० प्रतिशतसम्म लाग्दै आएको मर्मत सम्भार शूल्कमा त्यस्तो शूल्क लाग्ने छैन । यसको अर्थ अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा ६.५ प्रतिशत मात्रै दूरसञ्चार सेवा शूल्क लाग्नेछ ।

*सच्याइएको

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team