close

बढ्यो सञ्चार र सूचना प्रविधि क्षेत्रको बजेट

टेकपाना टेकपाना

जेठ १५, २०७७ २०:२

बढ्यो सञ्चार र सूचना प्रविधि क्षेत्रको बजेट

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बजेट बढाएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडा द्धारा प्रस्तुत बजेटमा चालु आवको तुलनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको बजेट बढाइएको हो ।

आगामी आर्थिक वर्षका लागि चालु आवको तुलनामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बजेट ७८ करोड रुपैयाँभन्दा बढीले थपिएको छ । चालु आर्थिक वर्षका लागि यस क्षेत्रमा ६ अर्ब ३५ करोड बजेट विनियोजन भएकोमा आगामी आवका लागि ७ अर्ब १३ करोड रुपैयाँ पुर्‍याइएको छ ।

जसमा चालूतर्फ ५ अर्ब २९ करोड रुपैयाँ र विकास तथा पूँजीगत खर्चतर्फ १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब १३ करोड बजेट छुट्याइएको बताए ।

आगामी आवमा सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयन गरी डिजिटल प्रविधिको माध्यमबाट विश्व अर्थतन्त्रमा आवद्ध हूँदै त्यसबाट सिर्जना हुने आर्थिक अवसरलाई आत्मसाथ गर्ने जनाएको छ । त्यस्तै सरकारले ज्ञानमा आधारित सूचना प्रविधि उद्योगको विस्तारका लागि ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क निमार्ण गर्ने, सबै प्रदेशमा सञ्चारग्राम निर्माण गर्ने कार्यलाई निरन्तरता दिने समेत बजेटमा उल्लेख छ ।

सरकारले अनलाइन मिडियामार्फत समेत लोक कल्याणकारी विज्ञापन प्रसारण गर्ने छ । यसका साथेै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै साइबर सुरक्षाको जोखिमको पहिचान, असर न्यूनिकरण तथा आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फरेन्सिक ल्याबको स्तरोन्नति गरिनेछ ।

साथै छुट्टै साइबर सुरक्षा केन्दै स्थापनाका लागि सभाव्यता अध्ययन गरिने समेत अर्थमन्त्री खतिवडाले बताएका छन् । सरकाले सुरक्षण मुद्रण स्थापनका लागि पूर्वाधार तथा उपकरणको व्यवस्था गर्नुका साथै व्यवसायीक सम्भाव्यताको आधारमा नेपालको आफ्नै स्याटालाइट स्थापना गरिने बताएको छ ।

त्यस्तै बजेटमा सरकाले छायाङ्कनका लागि नेपाल नामक कार्यक्रम कार्यनव्यनमा ल्याउने छ । यसले नेपालको चलचित्र क्षेत्रको विकासलाई मद्दत पुर्‍याउने सरकारको अपेक्षा छ । साथै हुलाक प्रणालीको पुनःसंरचना गरी हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउे कार्यक्रम समेत आगामी आर्थिक वर्षको बजेटमा समेटिएको छ ।

अर्थमन्त्री खतिवडाले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तयार पारिएको बताए । समग्र बजेटको आकार घट्दा समेत सूचना प्रविधिको क्षेत्रको बजेट बढ्नुलाई सकारात्मक रुपमा हेरिएको छ ।

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गत वर्ष कूल बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१