close

साना करदाताले मोबाइल एपबाटै आयकर र राजस्व तिर्न सक्ने

टेकपाना टेकपाना

जेठ १५, २०७७ २०:४०

साना करदाताले मोबाइल एपबाटै आयकर र राजस्व तिर्न सक्ने

काठमाडौं । साना करदाताले आयकर र राजस्व मोबाइल एप तथा विद्युतीय माध्यमबाटै तिर्न सक्ने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले यस्तो सुविधा पाउनेछन् । त्यस्ता करदाताले बैंक मार्फत कर बुझाउँदा आय विवरण समेत बुझाउन सक्नेछन् ।

यसैगरी बक्यौता नरहेका करदाता स्वयम्‌ले पेश गरेको आय विवरण अनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट लिन पाउने व्यवस्था समेत गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

उपभोक्ताले विद्युतीय उपकरणमार्फत वस्तु तथा सेवा खरीद भुक्तानी गर्दा प्राप्त हुने रकममा प्रोत्साहन स्वरुप अग्रीम कर कट्टी गर्नु नपर्ने व्यवस्था समेत मिलाइएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१