close

अब सिमकार्ड र रिचार्ज कार्डमा २ प्रतिशत कर लाग्ने

टेकपाना टेकपाना

जेठ १५, २०७७ २१:९

अब सिमकार्ड र रिचार्ज कार्डमा २ प्रतिशत कर लाग्ने

काठमाडौं । सिम कार्ड र रिचार्ज कार्डमा दुई प्रतिशत टेलिफोन स्वामित्व कर लाग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

दूरसञ्चार क्षेत्रमा चर्को कर लगाउँदै आएको सरकारले पुनः नयाँ शिर्षकमा कर थपेको छ । यस अघि पोस्टेपेड मोबाइल र ल्याण्डलाइन फोनमा मात्र स्वामित्व शूल्क लाग्दै आएकोमा अब भने प्रिपेड सहित रिचार्ज कार्डमा समेत स्वामित्व कर लाग्ने भएको हो ।

टेलिफोन जडान गर्ने ग्राहकले टेलिफोन स्वामित्व शूल्क वापत पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त व्यक्तिबाट समेत त्यस्तो शूल्क असुल गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

ग्राहकबाट असुल गरिएको स्वामित्व शूल्क सेवाप्रदायकले प्रत्येक महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी शूल्क दाखिला नगरेमा सेवाप्रदायकबाट वार्षिक १५ प्रतिशत ब्याज सहित असुल गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१