close

नियामक दूरसञ्चार प्राधिकरण कोषको रकम अब स्वतः सरकारी खातामा

टेकपाना टेकपाना

जेठ १५, २०७७ २१:५५

नियामक दूरसञ्चार प्राधिकरण कोषको रकम अब स्वतः सरकारी खातामा

काठमाडौं । स्वायत्त नियामक संस्थाको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको कोषको रकम अब स्वतः सरकारी कोषमा जाने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ल्याएको विधेयकमा यस किसिमको व्यवस्था गरिएको हो ।

विधेयकले दूरसञ्चार ऐनलाई नै संसोधन गर्दै प्राधिकरण कोषको रकम हरेक वर्ष संघीय सरकारको संञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । हाल प्राधिकरणको कोषमा दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र दस्तुर तथा त्यसको नवीकरण, संसोधन, बिक्री तथा हक हस्तान्तरण बाट प्राप्त रकम जम्मा हुँदै आएको छ ।

अब यसरी जम्मा भएको रकम मध्ये प्राधिकरणले स्वीकृत गरेको वार्षिक कार्यक्रमको लागि छुट्याएको रकम र सोको ५० प्रतिशतले हुन आउने बाहेकको रकम प्रत्येक वर्ष असार २५ गतेभित्र संघीय संचित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको हो ।

विगत दुई आर्थिक वर्ष यता सरकारले मन्त्रिपरिषदको निर्णय मार्फत प्राधिकरण कोषको रकम आफ्नो खातामा जम्मा गर्न लगाउँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१