close

सामाजिक सञ्जाल विरुद्ध ट्रम्पको प्रतिशोध, हस्तक्षेपसँगै घट्यो ट्वीटर, फेसबुक र गूगलको शेयर

टेकपाना टेकपाना

जेठ १६, २०७७ १०:३२

सामाजिक सञ्जाल विरुद्ध ट्रम्पको प्रतिशोध, हस्तक्षेपसँगै घट्यो ट्वीटर, फेसबुक र गूगलको शेयर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जलाको बचाउ गर्ने कानून पुनरावलोनका लागि निर्देशन जारी गरेका छन् ।  उक्त कानूनले ट्वीटर, फेसबुक तथा गूगलमा प्रयोगकर्ताहरुले जे सुकै सामग्री  पोस्ट गरे पनि कम्पनीहरुलाई कानूनी दायित्वबाट जोगाउँदै आएको थियो ।

तर ट्रम्पको कार्यकारी निर्देशन जारी भएसँगै त्यस्तो कानूनमा पुनरावलोकन हुनसक्ने स्रोतहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पको ट्वीटर पोस्टमाथि ट्वीटरले फ्याक्ट चेकिङको ट्याग राखिदिए पछि सामाजिक सञ्जाल कम्पनी र राष्ट्रपतिबीच मतभेद उत्पन्न भएको हो ।

सामाजिक सञ्जालहरुले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरिरहेको ट्रम्पको आरोप छ । उनले सामाजिक सञ्जालले दक्षिणपन्थी विचारलाई दबाउन खोजेको टिप्पणी गर्दै आएका छन् ।

ट्रम्पले बिहीबार उक्त निर्देशनमा हस्ताक्षर गर्ने बताएइएको भए पनि शुक्रबार आएर मात्र उनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरका क्रममा ट्रम्पले सामाजिक सञ्जालहरुले अनियन्त्रित शक्तिको प्रयोग गर्दै आएको टिप्पणी गरेका छन् ।

यद्यपी ट्रम्पको अर्डरले कानूनी चुनौतीको सामना गर्नुपर्ने बताइएको छ । बिहीबार प्री मार्केट ट्रेडमा ट्वीटरको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फेसबुकको शेयर करीब दुई प्रतिशत र गूगलको शेयर करीब एक प्रतिशतले घटेको छ ।

कम्युनिकेसन डिसेन्सी एक्टको सेक्सन २३० को उक्त संघीय कानूनले प्रयोगकर्ताहरुको पोस्टका लागि प्लेटफर्महरुलाई कानूनी दायित्व लिनबाट जोगाउँदै आएको छ ।

यो कानून पारित गर्न तथा स्पष्ट पार्नका लागि अमेरिकी संघीय सञ्चर आयोग एफसीसीको प्रस्ताव आवश्यक पर्दछ । यसका साथै सामाजिक सञ्जालको विद्यमान कानून परिवर्तनमा अमेरिकी कंग्रेस तथा अदालती प्रणाली समेत सहभागी रहने कानून विज्ञहरुले बताएका छन् । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१