close

लकडाउनको समयमा पढ्न सिकाउने गुगलको नयाँ एप, यसरी गर्नुहोस प्रयोग

टेकपाना टेकपाना

जेठ १६, २०७७ १३:३१

लकडाउनको समयमा पढ्न सिकाउने गुगलको नयाँ एप, यसरी गर्नुहोस प्रयोग

एजेन्सी । कोरोना भाइरसको लकडाउनका कारण विद्यालयहरु बन्द छन् । बच्चाहरुको पढाईको जिम्मेवारी अहिले विभिन्न अनलाइन कोर्स र प्लेटफर्मले उठाइरहेका छन् । यसबीच गुगलले विद्यार्थीलाई पढ्न सहयोग पुर्‍याउने नयाँ एप सार्वजनिक गरेको छ ।

रिड अलोङ नामको यो एपमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि विभिन्न अनलाइन कक्षा सामग्री उपलब्ध छ । यसले विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिन मद्दत पुर्‍याउँछ ।

अहिले एन्ड्रोइड अपरेटिङ सिष्टममा मात्र उपलब्ध यो एप पाँचवर्षदेखि माथिका बालबालिकाहरुलाई लक्षित गरी गुगलले तयार पारेको हो । गुगलको ‘स्पिच रिकग्निसन’ प्रविधिको प्रयोग गरेर यसले बालबालिकालाई पढ्न सिकाउँछ ।

यस्तै बालबालिकाले कथा तथा पाठकहरु ठूलठूला आवाजमा पढिरहँदा दिया नामको एउटा असिस्टेन्ट सेक्सनले दृश्य र ध्वनी दुवैमा प्रतिक्रिया दिन्छ । हालसम्म यो एप १० लाख पटक डाउनलोड भइसकेको छ ।

यसरी प्रयोग गर्नुहोस्

१. गुगल प्लेस्टोरमा रिड अलिङ एन्ड्रोइड एप निःशूल्क डाउनलोड गर्नुहोस् ।

२. एपको प्राइभेसी पोलिसी पढ्नुहोस् । गुगलका अनुसार यो एपमा नो एड वा इन एप पर्चेजहरु छन् । एप र यसका स्टोरिजहरुलाई एकपटक डाउनलोड गरिसकेपछि यसले डाटा नहुँदा अफलाइन पनि काम गर्दछ ।

यसका लागि साइन इन समेत गर्न पर्दैन । तर तपाईले यसलाई अडियो रेकर्डको अनुमति दिनुपर्छ साथै यदि तपाई प्रगति सेभ भएर बसोस् भन्ने चाहानुहुन्छ भने फोटो पनि लिनुपर्छ । तर भ्वाइस डेटा रियल टाइममा नै डिभाइसमा एनालाइज हुन्छ र यो गुगलको सर्भरमा पुग्दैन । यदि यी पोलिसीसँग प्रयोगकर्ताहरु सहज महसुस गर्छन् भने उनीहरुले अगाडी जानका लागि गट इट मा क्लिक गर्नुपर्छ ।

३. त्यसपछि भर्चुअल असिस्टेन्ट दियामा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईको एपले अडियो रेकर्ड गर्ने अनुमति पाउँछ र एपले सुनेर तपाईंलाई फिडब्याक दिनसक्छ ।

४. स्टोरी लाईब्रेरी, प्ले अ गेम वा डाउनलोड अ न्यु स्टोरी जस्ता विकल्पहरु सबै हेर्नुहोस् ।

५. आफूले पढ्न चाहेको स्टोरी थिच्नुहोस् । डिजिटल स्टोरीबुक पेज हेर्नुहोस, स्क्रिनको बटनमा दिया देख्नुहुनेछ । जब तपाईले कुनै शब्द पढेर सही उच्चारण गर्नुहुन्छ तब स्टार देखापर्छ । यदि तपाईले गलत पढ्नु भयो भने रातो धर्का देखा पर्छ त्यसपछि सही उच्चारण दियाको आवाजमा आउँछ ।

उक्त एपमा तपाईले दिनको १० मिनेट पढ्नुपर्छ र यसले तपाईको प्रगति र तपाईले प्राप्त गरेको ब्याजलाई ट्रयाक र रेकर्ड गरेर राखेको हुन्छ । कुनै शब्द उच्चरण गर्न सहयोग चाहियो भन तपाईले दियामा ट्याप गर्नसक्नुहुन्छ ।

दियाको फिडब्याक प्रभावकारी हुन्छ र यसले बालबालिकालाई नजानेको कुरा सिकाउँछ । रिड लन्चलाई गुगलले पहिलोपटक भारतमा सार्वजनिक गरेको थियो । अहिले यो एप १८० मुलुकहरुमा उपलब्ध छ ।

यो अंग्रेजी, स्पेनिस, प्रोचुगिस, हिन्दी लगायत ९ वटा भाषाहरुमा पाउन सकिन्छ । गुगलले आगामी दिनमा यसमा थप पुस्तक र फिचरहरु थप गर्दै जाने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१