close

फेसबुकलाई पैसा कमाउन यसरी सहयोग गर्छ लिब्राले

टेकपाना टेकपाना

जेठ १६, २०७७ १४:३०

फेसबुकलाई पैसा कमाउन यसरी सहयोग गर्छ लिब्राले

एजेन्सी । फेसबुकका सीईओ मार्क जुकरवर्गले नयाँ क्रिप्टोकरेन्सी लिब्राले कसरी फेसबुकलाई थप डलर कमाउन सहयोग गरेको छ भन्ने विषयमा व्याख्या गरेका छन् । बुधबार कम्पनीको बार्षिक शेयरहोल्डर बैठकमा जुकरवर्गलाई लिब्राबाट फेसबुकले कसरी पैसा कमाउन सक्छ भनेर प्रश्न गरिएको थियो ।

उक्त लिब्रा हालसम्म सार्वजनिक भएको छैन । उक्त प्रश्नको उत्तरमा जुकरवर्गले भनेका छन् ‘नयाँ क्रिप्टोकरेन्सी र अनलाइन सपहरु जस्ता अन्य टूल्सहरुले व्यवसायका लागि कमर्शलाई थप प्रभावकारी बनाउँछ । यसले गर्दा हाम्रो विज्ञापन शूल्क पनि बढ्छ र यसले फेसबुकलाई वित्तिय रुपमा ठूलो फाइदा हुन्छ ।’

यिनै कारण फेसबुकले कहिले पनि तोकिएको मूल्यमा विज्ञापन बेच्ने नगरेको बरु त्यसको सट्टा बिड आह्वान गरेर प्रतिस्पर्धामार्फत विज्ञापन बेच्ने गरेको जुकरबर्ग बताउँछन् । फेसबुकले विज्ञापनदाताहरुलाई उमेर, स्थान, रुची र अन्य विभिन्न किसिमका गुणहरुको आधारमा विज्ञापन गर्न अनुमति दिन्छ ।

‘जब फेसबुकमा विज्ञापन चल्छ, तब प्रयोगकर्ताहरुले त्यो विज्ञापनमा क्लिक गर्छन् तब उनीहरुलाई त्यो विज्ञापन खरिद गर्न मन लाग्छ किनभने उनीहरुसँग त्यसलाई पेमेन्ट गर्ने माध्यम हुन्छ’ जुकरवर्ग भन्छन् ।

जुकरवर्गको त्यस्तो अभिव्यक्तिले नयाँ भुक्तानी तथा ईकमर्श फिचर ल्याउनुको पछाडीको कम्पनीको रणनीतिलाई स्पष्ट पार्दछ । फेसबुक र यसका साझेदारले लिब्रालाई यस्तो भुक्तानी माध्यमको रुपमा प्रचार गर्दैछन् ।

जसले विदेशमा ठूलो रकम पठाउनुपर्छ तर वित्तिय सेवामा पहुँच हुँदैन भने त्यस्ता मानिसहरुलाई सहयोग पुर्याउन सक्छ । साथै यदि लिब्राले कडा नियमनको सामना गर्नुपर्दाको अवस्थामा समेत फेसबुक यो बाट लाभान्वित हुनसक्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।

सोपिफाई, उबर, लिफ्ट तथा स्पोटिफाई यी सबै कम्पनीहरु लिब्रा एसोसिएशनको हिस्साहरु हुन् । यसअघि साझेदार रहेका पेपाल, इबे, भिजा तथा मास्टरकार्ड यो एसोसिएशनबाट बाहिरी सकेको छन् ।

फेसबुकले उक्त क्रिप्टोकरेन्सीलाई स्टोर गर्न नयाँ डिजिटल वालेटमाथि पनि काम गरिरहेको छ । यसै हप्ता उसले उक्त क्यालिब्रा नामको डिजिटल वालेटलाई नयाँ नाम नोभी दिएको छ । लिब्रा एसोसिएशनका अनुसार एचएसबीसीका प्रमुख कानुनी अधिकारी स्टवार्ट लिभे, उक्त नोभीको पहिलो सीईओको रुपमा चयन हुनेछन् ।

लिब्रालाई २०२० को पहिलो ६ महिनाभित्रमा नै सार्वजनिक गरिने बताइएको थियो तर हालसम्म यो परियोजना सार्वजनिक भएको छैन । यसको प्रगति के कति पुग्यो भन्ने बारेमा पनि केही खबरहरु बाहिर आएको छैन ।

बुधबारको शेयरहोल्डरको वैठकमा ४८ औं प्रस्ताव पनि अघि सारिएको थियो । सीईओ जुकरवर्गको शक्तिमाथि नियन्त्रण गर्ने तथा म्यासेन्जर र इन्स्टाग्रामजस्ता कम्पनीका म्यासेजिङ सर्भिसमा बाई डिफल्ट एण्ड टु एण्ड इन्क्रिप्ट म्यासेजको सेवा सुरु गर्ने कम्पनीको योजनालाई पनि पछाडी सार्नेजस्ता प्रस्तावहरु राखिएको थियो ।

तर अपेक्षित रुपमा सबै आठ वटा प्रस्ताव नै खरिद गरिएको थियो । कम्पनीमा जुकरवर्गको शक्ति यथावत् रहने छ किनभने कम्पनीमा उनको स्टक पर्याप्त जसले गर्दा उनले ठूलो भोटिङ अधिकार लिनसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१